जब माछा घाटीको वारपार भयो, माछा समातेर अस्पताल पुगे घाइते | Khabarhub Khabarhub

जब माछा घाटीको वारपार भयो, माछा समातेर अस्पताल पुगे घाइते


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इण्डोनेसियाको सुलावेसी प्रान्तको बुटोन गाउँका १६ बर्षीय मोहम्मद ईदुल नामक एक किशोरलाई एक माछाले हमला गरी सख्त घाइते बनाएको छ ।

माछाको हमला यति खतरनाक थियो कि उनको घाटी छेड्दै एक माछा घाटीको वारपार भएको थियो । र यसमा अझै रोचक चाहिँ माछाले घाटीको वारपार हुन गरी छेडेपछि स्वयम् ति किशोर माछा समातेरै अस्पताल पुगेका थिए ।

ईदुल आफ्ना साथीसहित माछा मार्न नजिकैको समुन्द्र किनारमा पुगेका थिए । यस दौरान उनीहरु डुगांबाट समुद्रमा आधा किलोमिटर भित्र पुगे । त्यतिकैमा अचानक ७५ सेन्टिमिटर लामो निडल माछाले ईदुलको घाटीमा हमला गर्‍यो । निडल माछाको चुच्चो मुख ईदुलको गर्धनको वारपार भयो ।

माछाले घाटी छेडेपछि आत्तिएका इदुलले माछा बाहिर निस्कन खोज्नु अघि नै उसको चुच्चो मुख समातेर साथीको सहयोगमा समुद्र किनार फर्किए । र तत्काल स्थानीय अस्पतालमा उपचारका लागी पुगे । तर उपचारको पर्याप्त साधन नभएको जनाउदै अस्पतालले ईदुललाई अर्को अस्पतालमा रेफर गरिदियो ।

एक अस्पतालबाट अर्को अस्पताल पुग्न इदुललाइ डेढ घण्टाको समय लागेको थियो । तर यत्तिका समयसम्म उनले माछा पक्रन भने छाडेनन् । अन्ततः चिकित्सकले शल्यक्रिया मार्फत माछालाई उनको गर्धनबाट निकालियो । हाल इदुलको अवस्था सुधारोन्मुख छ ।

ईदुलको गर्धन छेड्ने निडल माछाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस अघि सन् २०१८ मा पनि निडल माछाले थाईल्याण्डमा एक नौसैनिकको गर्धनमा हमला गरेको थियो । जसका कारण ती नौसैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : ५३ बजे

डोटीमा ट्यांकरको ठक्करबाट पतिको मृत्यु, पत्नी गम्भीर घाइते

कैलाली- कैलालीबाट अछामतर्फ गइरहेको मोटरसाइकल डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बुधबार

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं- नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार