रहेनन् कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिने चिनियाँ चिकित्सक  | Khabarhub Khabarhub

रहेनन् कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिने चिनियाँ चिकित्सक 


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ।

कोरोना भाइरसबाट संक्रमित लि वेनलियाङकोे बिहिबार वुहानमा मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको हो ।

बिहीबार विश्व स्वास्थ्य संगठन (डब्लु एचओका)ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको हो । पत्रकार सम्मेलनमा डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’

को थिए उनी ?

जनवरी महिनाको शुरुवातमा वुहानका अधिकारीहरुले नयाँ कोरोना भाइरस फैलिएकोबारे सुरुमा समाचार लुकाउन खोजेका थिए।

यी डाक्टरले नयाँ कोरोना भाइरसबारे जानकारी दिन खोजे पनि प्रहरीले उनलाई घरमै पुगेर अफवाह बन्द गर्न चेतावनी दिएको थियो।

शुरुवातमा ‘हल्लाबाज’ को संज्ञा पाएका ती डाक्टरलाई त्यसको एक महिनापछि भने नायकको संज्ञा पाएका थिए। चिनियाँ अधिकारीको चेतावनीका बाबजुद वुहानको केन्द्रीय अस्पतालको शय्याबाट डाक्टर लि वेनलियाङले विश्वलाई नयाँ कोरोना भाइरसबारे सामाजिक सन्जालमा जानकारी दिएका थिए।

उनको जानकारीपछि यसबारे विश्वभर सचेतना फैलाउन थालिएको थियो ।  डाक्टर लिका अनुसार उनले डिसेम्बर महिनामै नयाँ कोरोना भाइरस फैलिएको पत्ता लगाएका थिए । उनी ७ वटा रोगीको उपचारमा खटेका थिए।

उनले सन् २००३ को सार्स रोगजस्तै यस भाइरस भएको पत्ता लगाएका थिए। सार्स भाइरस सन् २००२ नोभेम्बर देखि २००३ को जुलाईमा चीनमै देखिएको थियो। सार्स १७ देशमा फैलँदा ७७४ को मृत्यु हुनुको साथै ८ हजार ९८ जनामा यसको संक्रमण देखिएको थियो।

जब डाक्टर लिले नयाँ भाइरसबारे चेतावनी दिन थाले। उनलाई पब्लिक सेक्युरिटी ब्युरोबाट हल्ला र त्रास फैलाएको र सामाजिक व्यवस्थामा खलल पुर्याएको आरोप लाग्यो।

डिसेम्बर ३० मा लिले आफ्ना सहपाठीहरुलाई नयाँ भाइरस देखिएको र त्यसबाट बच्न मास्क तथा भाइरस प्रतिरोधी पोशाक लगाउन सुझाएका थिए ।

ब्युरोले चेतावनीपूर्ण भाषामा लिलाई भनेको थियो,‘हामी गम्भीर रुपमा तपाइँलाई चेतावनी दिन्छौं, तपाइँ आफ्नो जिद्दी छाड्नुहोस्, हल्ला बन्द गर्नुहोस्।’

लिले गरेको हल्लाले समाज त्रसित र भयभित मात्र हुने बताइएको थियो। लिमाथि अफवाह फैल्याएकोमा प्रहरीले अनुसन्धान समेत गरेको थियो।

त्यसपछि जनवरीमा डाक्टर लिले चिनियाँ वेबसाइट विबोमा आफ्ना भनाइहरु प्रकाशित गरे। उनले आफूले थाहा पाएको भाइरसबारे सबै प्रस्टसँग राखेका थिए ।

जनवरीको पहिलो हप्ता वुहानमा डाक्टरहरुले कोरोनाबाट पीडितको उपचार सामान्य रुपमै गरिरहेका थिए। प्रहरीले अनुसन्धान गरिसकेपछि लिले एक महिलाको उपचार गर्नुपर्ने थियो।

उनलाई थाहा थिएन कि उनमा नयाँ नोबल कोरोनाको संक्रमण छ। त्यसपछि लिपनि कोरोनाबाट संक्रमित बने। उनले अस्पतालको शय्याबाटै आफूलाई के भइरकेको छ जानकारी दिन थालेपछि कोरोनाबारे विश्वमा सचेतना फैलिएको छ।

जनवरी १० मा डाक्टर लिले आफूलाई कफ भएको विबोमा बताए। त्यसको दुई दिनपछि उनी अस्पतालमा भर्ना भए। उनको परिवार नै बिरामी पर्यो।

डाक्टर लिमा नयाँ कोरोना संक्रमण भएको दश दिनपछि अर्थात् जनवरी २० मा चीनले कोरोना भाइरसलाई खतराको संज्ञा दियो। चीनमा स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरियो। हाल विश्वभर प्रशंसा कमाइरहेका डाक्टर लिको बिहीबार निधन भएको हो।

नोबल कोरोनाभाइरसबाट विश्वव्यापी रुपमा २८,००० भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५६३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ६ : ३२ बजे

मोस्टवान्टेड सूचीमा रहेका दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

काठमाडौँ– विभिन्न आपराधिक गतिविधिमा संलग्न दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि इस्लामावाद युनाइटेडले जितेको

मिटरब्याज पीडितका गुनासा सुनुवाइका लागि सहजीकरण डेस्क स्थापना गर्न गृहको निर्देशन

काठमाडौँ– गृहमन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको

कोरोनाको प्रभाव कम हुँदा भाइरल सङ्क्रमणको डर

संसार स्प्रिङ ऋतु सुरु भएको छ। ठिक चार वर्षअघि संसारका