यस्तो छ विपिन स्टारर 'सेल्फी किङ' को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ विपिन स्टारर ‘सेल्फी किङ’ को ट्रेलर (भिडियो)


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विपिन कार्की स्टारर ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म युनिटले मंगलवार राजधानीमा आयोजना गरिएको कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

उक्त ट्रेलर युट्युबमा पनि हेर्न सकिन्छ ।

ट्रेलरमा विपिन कार्कीलाई शीर्ष भूमिकामा देख्न सकिन्छ । फिल्ममा विपिनले एक हास्यकलाकारको भूमिका निभाएको ट्रेलरबाट स्पष्ट हुन्छ ।

फिल्ममा विपिनका अलावा लक्ष्मी बर्देवा, जीवन पराजुली, भुवन चन्द, लोकमणि सापकोटा, कमल देवकोटा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका हुन् ।

आउँदो माघ २४ गतेदेखि प्रदर्शनमा आउने फिल्मको केही समयअघि टिजर सार्वजनिक गरिएको थियो । यही फिल्मका कारण पछिल्लो समय विपिन चर्चामा छन् ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको यो फिल्ममा विशाल सापकोटाको निर्देशन छ । यसअघि दिनेश र सुभाषले फिल्म ‘प्रसाद’ निर्माण गरेका थिए ।

‘सेल्फी किङ’ मा धेरथोर ‘प्रसाद’ को स्वाद भने पाउन सकिन्छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ५ : २८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको