मलेसियाले समानरुपमा नेपाली र बंगलादेशका कामदार लैजाने  | Khabarhub Khabarhub

मलेसियाले समानरुपमा नेपाली र बंगलादेशका कामदार लैजाने 


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया- मलेसियाले नेपालबाट कामदार लैजाने प्रक्रिया अनुरुप नै समानरुपमा बंगलादेशबाट कामदार लैजाने भएको छ ।

मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले नेपालसँग भएको श्रम सम्झौता जस्तै बंगलादेशसँग पनि सोही अनुरुप नै श्रम सम्झौता हुने बताएका हुन् ।

बंगलादेशसँग नयाँ श्रम सम्झौताका लागि द्विपक्षीय छलफल अन्तिम चरणमा पुगेको बताउँदै उनले अब हुने नयाँ सम्झौता नेपालसँग भएको सम्झौता जस्तै हुने बताएका हुन् ।

नेपाल र मलेसियाबाट समान तरिकाले श्रमिक रोजगारीका भित्र्याउने भनाइ थियो ।

उनले बंगलादेशबाट आएका आप्रवासी कामदारहरूका लागि युरोपको व्यापार प्रतिबन्ध जोखिममा नपर्ने  समेत बताएका छन् ।

मलेसियाले आप्रवासी श्रमिकको हक-हितका लागि शुन्य लागत लागू गरेको समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ५ : २४ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।