सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई 'म्याक सर्भ'मा स्तरोन्नती | Khabarhub Khabarhub

सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई ‘म्याक सर्भ’मा स्तरोन्नती


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्ध म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को संयुक्त परियोजनामा, नेपालको पर्यटकिय स्थल पोखराको राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशप लाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।

म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण के. शी. को उपस्थितीमा सम्पन्न भयो ।

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ ।

उक्त वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ । यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ ।

म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : २८ बजे

एसईई परीक्षा केन्द्रबाट पाँच सय बढी मोबाइल बरामद

रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको