खुल्दै काठमाडौँका विद्यालय | Khabarhub Khabarhub

खुल्दै काठमाडौँका विद्यालय

शिक्षा विभाग भन्छ- काठमाडौँ उपत्यकाबाहिर ८० प्रतिशत विद्यालय खुला छन्



काठमाडौँ- जोरपाटीकी सोफी न्यौपाने कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित वीन सम बोर्डिङ स्कुल (वेभ) मा कक्षा १० मा पढ्छिन् ।

कोरोनाका कारण देश लकडाउन हुँदा उनको स्कूल पनि बन्द भयो । कहिले स्कूल खुल्ला भन्ने चिन्ता भइरहेका बेला भर्चुअल अर्थात अनलाइन कक्षा विकल्पका रूपमा आयो ।

साउनमा अनलाइन कक्षा सुरु भयो तर स्कूलको कक्षा कोठामा साथीहरूसँग बसेर पढेको जस्तो भएन । केही सिके पनि स्कूल लागेको र पढाइ भएको जस्तो भएन । तैपनि पढाइ त चल्दै थियो ।

अहिले सोफीको स्कूल खुलेको छ । सात महिनापछि बिहीबार सोफी र उनका साथीहरू स्कूलको कक्षा बोठामा बसेर पढे । स्कूलले यही मंसिर १५ गते खुलेको हो । लामो समयपछि साथीहरू भेला भएर पढ्न पाउँदा उनीहरूमा खुसीको सीमा नै रहेन ।

‘कोभिड संक्रमितको संख्या बढिरहँदा यो वर्ष यसरी विद्यालयमा उपस्थित भएर पढ्न पाइलाजस्तो लागेको थिएन्,’ सोफीले खबरहबसँग कुरा गर्दै भनिन्, ‘राम्रो व्यवस्थापन गरेर हामीलाई पढ्न बोलाउनुभएको, छ एकदमै खुसी छौँ ।’

सोही स्कूलमा कक्षा १० मा पढ्ने अर्की छात्रा कल्पना न्यौपाने पनि स्कूलमा गएर पाउँदा खुसी लागेको बताइन् । ‘कोभिडका कारण गत वर्ष दाइदिदीहरूले एसइइ नै दिन पाउनु भएन्,’ कल्पनाले भनिन्, ‘विद्यालय खुलेसँगै हाम्रो त परीक्षा पनि सञ्चालन हुन्छ भन्ने आशा जागेको छ, खुसी लागेको छ !’

विद्यार्थीका लागि विद्यालयमै उपस्थित भएर पढ्न पाउनु खुसीको कुरा भए पनि कोरोना भाइरस संक्रमणको जोखिम भने छँदैछ । जोखिम न्यूनीकरण र स्वास्थ्यका लागि के व्यवस्था गरेको छ त विद्यालयले ?

विद्यालयकी सहप्राचार्य बन्दना क्षेत्रीका अनुसार कोभिड १९ सम्बन्धी सबै स्वास्थ्य मापदण्ड पालना गरेर यही मंसिर १५ गतेदेखि विद्यालय सञ्चालन गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीलाई बिहान कक्षा ६ देखि १० सम्मकालाई दिउँसो बोलाइएको छ । अहिले गणित, विज्ञान र सामाजिक विषयको पढाइ सुरु भएको उनले बताइन् ।

‘पाँच महिनाअघिबाट भर्चुअल माध्यममार्फत कक्षा सञ्चालन भइरहेको थियो,’ सहप्राचार्य क्षेत्रीले खबरहबसँग भनिन्, ‘विद्यार्थी र अभिभावकले केही विषयहरु भौतिकरूपमै उपस्थित गराएर पढाउन आग्रह गरेपछि नगरपालिकासँग छलफल गरेर अघि बढ्यौँ ।’

एउटा कक्षाका विद्यार्थीलाई ५ टोलीमा छुट्याएर सामाजिक दूरी कायम गराउँदै एउटा बेन्चमा २ जना विद्यार्थी राखेको उनले बताइन् । ‘प्रत्येक कक्षामा ह्याड स्यानिटाइजर राखेका छौँ, मास्क नलगाई विद्यालय आउने विद्यार्थीलाई मास्क दिएका छौँ,’ उनले भनिन्, ‘विद्यालय छुट्टी भएपछि कक्षाकोठा डिसइन्फेक्सन गर्ने गरेका छौँ ।’

बन्दाबन्दीका समयमा भर्चुअल माध्यमबाटै अध्यापन गराए पनि बिस्तारै सबै क्षेत्रहरू खुल्न थालेसँगै शैक्षिक संस्था पनि खुल्न थालेको शिक्षा विभागले जनाएको छ । कोभिड सम्बन्धी स्वास्थ्यका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन हुन थालेको विभागका सूचना अधिकारी माधवप्रसाद दाहाल बताउँछन् ।

कोरोनामुक्त रहेका र ग्रामीण क्षेत्रका विद्यालयहरू केही महिनाअघिदेखि नै खुले पनि काठमाडौँ उपत्यका लगायतका मुख्य शहरमा भने अझै अन्योल देखिएको उनले बताए । उपत्यकाबाहेक देशभरका ८० प्रतिशत विद्यालय सञ्चालन भइरहेको उनको भनाइ छ ।

काठमाडौँमा कतै खुले, कतै अन्योल

सरकारले कोरोना जोखिमको मूल्यांकन गरी स्थानीय तहलाई विद्यालय खोल्ने अधिकार दिएसँगै अहिले देशभर विद्यालय खुल्न थालेका छन् । काठमाडौँ महानगरपालिका भित्रका विद्यालय सञ्चालन गर्न महानगर छलफलमा जुटेको छ ।

कोरोना जोखिम बढिरहेकाले तत्काल विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा स्वास्थ्यविज्ञ, शिक्षाविद् लगायत सम्बन्धित निकायसँग छलफल गरेर मात्र विद्यालय खोल्ने निर्णय गर्न सकिने महानगर, शिक्षा विभागले जनाएको छ ।

त्यस्तै, काठमाडौँ जिल्लाका केही नगरपालिकाले पनि सूचना प्रकाशन गर्दै विद्यालय खुलेको जानकारी दिएका छन् ।

विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरू इन्टरनेटको पहुँचमा नहुँदा भौतिकरूपमै उपस्थित गराई पठनपाठन हुन थालेको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।

त्यस्तै गोकर्णेश्वर र दक्षिणकाली नगरपालिकाभित्रका विद्यालय पनि सञ्चालनमा आएका छन् । अन्य नगरपालिकाहरू स्वास्थ्य सुरक्षाका साथ विद्यार्थीहरूलाई भौतिकरूपमै उपस्थित गराएर पढाउनेबारे छलफल गर्न थालेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ११ : १७ बजे

आईपिएल : चेन्नईमाथि लखनउको आठ विकेटको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या