यो हो निर्माण कार्य अधुरो रहेको उत्तर कोरियाको डरलाग्दो 'भूत होटल' | Khabarhub Khabarhub

यो हो निर्माण कार्य अधुरो रहेको उत्तर कोरियाको डरलाग्दो ‘भूत होटल’


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा विभिन्न अनौठा र अचम्मका चिजहरु हुने गर्दछन् । उत्तर कोरीयामा रहेको होटल पनि तिनै मध्येको एक हो । उक्त होटललाई भूत होटल वा श्रापित होटल मान्ने गरिन्छ ।

पिरामिडको आकारमा बनेको यो होटल संसारकै सबैभन्दा लक्जरी र अग्लो होटल हो । तर त्यहाँ भूत रहेको भन्दै ३३ वर्ष यता निर्माण कार्य अधुरो रहेको छ ।

यो अनौठो होटल प्योंगयोंगमा अवस्थित छ । उक्त होटलको आधिकारिक नाम रयुगयोंग हो । तर होटललाई यु क्युंग भनेर पनि चिन्ने गरिन्छ ।

३३० मिटर अग्लो यो होटलमा १०५ वटा कोठाहरु छन् । तर आजसम्म पनि कोहि व्यक्ति त्यहाँ बसेका छैनन् । उत्तर कोरियाले उक्त होटल निर्माणमा ७५० मिलियन डलर खर्च गरेको छ ।

तर आजसम्म पनि उक्त होटलको ओपनिङ्ग हुन सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार तोकिएको समयसम्म होटल सकिएको भए उक्त होटल सबैभन्दा ठूलो र उचाईमा रहेको सातौँ होटलमा समावेश हुने थियो ।

यो होटलको निर्माण कार्य सन् १९८७ मा शुरु भएको थियो । सन् १९९२ मा होटल बनाउन छोडिएको थियो । तर सन् २००८ मा काम फेरी शुरु गरिएको थियो । त्यसबेला लगभग १७ अर्ब रुपैयाँ खर्च भएको थियो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ४ : ०६ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन