चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा | Khabarhub Khabarhub

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चेल्सी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति घरेलु मैदानमा चेल्सीले लिड्स युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अग्रता लिएको थियो ।

रिस जेम्सले २७औँ मिनेटमा घरेलु टोलीलाई खेलमा फर्काए । डिफेन्डर जुमाले ६१औँ मिनेटमा चेल्सीलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीको जित निश्चित गरे ।

जितसँगै शीर्ष स्थानको चेल्सीको २२ अंक छ । लिड्स १४ अंकसहित १३औँ स्थानमा छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ७ : ३१ बजे

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

चीन– चीनमा संस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृतिक तथा पर्यटन उपभोग

जब असईले चेकजाँच गरिरहेको बन्दुकबाट गोली चल्यो…

चेकजाँचका क्रममा बन्दुकबाट गोली चलेपछि बझाङमा कार्यरत एकजना असई निलम्बनमा

गेटा आँखा अस्पतालमा सत्र हजारको आँखाको शल्यक्रिया   

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा

मोदी बोले : कांग्रेसको शासनमा हनुमान चालिसा सुन्नु पनि अपराध हुन्थ्यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक हिन्दुत्वको कार्ड फ्याँकेर