नागढुङ्गामा २ लाख ७६ हजार थान पटाका बरामद | Khabarhub Khabarhub

नागढुङ्गामा २ लाख ७६ हजार थान पटाका बरामद


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले काठमाडौँको मुख्य प्रवेशद्धार नागढुङ्गामा ठूलो मात्रामा पटाका बरामद गरी नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौँ उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी नष्ट गरेको हो ।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा बसको सिटमुनी लुकाएर ल्याएको अवस्थामा १० बोरा पटाका प्रहरीले बरामद गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले रु १४ लाख मूल्य बराबरको पटाका बरामद गरेर काठमाडौँ जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका र स्थानीय जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको जानकारी दिए ।

प्रहरीले अनुसन्धानका क्रममा बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरेको छ ।

यस्तै आजै रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँचका क्रममा समेत पटाका फेला परेको छ ।

थानकोट प्रहरीले गरेको चेकजाँचमा आठ हजार ४०० थान खुर्सानी पटाका, ८० थान गमला पटाका, १०० थान वुलेट पटाका, १९० थान रकेट पटाका बरामद गरेको हो ।

प्रहरीले उक्त पटकासहित रौतहटका पिन्टु जैसवाललाई पक्राउ गरेको छ ।

दुवै घटनामा पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्पोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ९ : २१ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन