१० किलो बढी अफिमसहित पक्राउ | Khabarhub Khabarhub

१० किलो बढी अफिमसहित पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँके प्रहरीले ठूलो परिमाणको अफिम र पटाका बरामद गरेको छ।

बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जाजरकोटका तिलकबहादुर शाही बाँकेबाट १० किलो चार सय ग्राम अफिमसहित पक्राउ परेका छन्।

खजुरा गाउँपालिका वडा नं ८ बाट शाही अफिमसहित पक्राउ परेका हुन्। पहाडी जिल्लामा उत्पादन हुने लागुऔषध अफिम र चरेसको कारोबार बाँके हुँदै भारतमा हुने गरेको पाइन्छ।

गत शनिबार मात्रै बाँके प्रहरीले तीन किलो अफिमसहित रुकुम पश्चिमका एकजनालाई नियन्त्रणमा लिएको थियो।

यस्तै बाँके प्रहरीले जमुनाहाबाट ठूलो मात्रामा पटाका बरामद गरेको छ। पाँच लाख रुपैयाँभन्दा बढीको पटाका बरामद भएको एसपी रानाले जानकारी दिए। भारतको रुपैडिहाबाट जमुनाहा गाउँ हुँदै नेपालगञ्ज भित्रिएको पटाका प्रहरीले नियन्त्रणमा लिएको हो।

मोटरसाइकलमा राखेर पटाका ल्याइरहेका व्यक्तिहरु प्रहरीलाई देखेपछि पटाका फालेर भागेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : २३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०