देशभर २४ घण्टामा २९०९ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा २९०९ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४९०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९०८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा ५, ओखलढुङ्गामा ४, खोटाङमा २, झापामा ७९, ताप्लेजुङमा २, तेह्रथुममा ६, धनकुटामा ४, भोजपुरमा ४, मोरङमा १२७, सुनसरीमा ९५ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी धनुषामा २९, पर्सामा १४, बारामा ४, महोत्तरीमा १०, रौतहटमा १३, सप्तरीमा ११, सर्लाहीमा ५, सिरहामा ३१, काठमाडौँमा १०३०, काभ्रेमा ७०, चितवनमा १२६, दोलखामा १२, धादिङमा १९, नुवाकोटमा १३, भक्तपुरमा १२१, मकवानपुरमा ६३, र रामेछापमा २ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै ललितपुरमा १८७, सिन्धुपाल्चोकमा १९, सिन्धुलीमा १, कास्कीमा १२९, गोरखामा १४, तनहुँमा ३७, नवलपरासीपूर्वमा ९१, पर्वतमा ७, म्याग्दीमा २, लमजुङमा ५, बाग्लुङमा १४, स्याङ्जामा १६, अर्घाखाँचीमा ८, कपिलवस्तुमा १०, गुल्मीमा २०, दाङमा ११४, नवलपरासीमा १२, पाल्पामा १८, प्यूठानमा ५, बर्दियामा २०, बाँकेमा २८, रुकुमपूर्वमा १, रुपन्देहीमा ७०, रोल्पामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी कालिकोटमा १, डोल्पामा १, दैलेखमा ९, रुकुमपश्चिममा ३, सल्यानमा ३, सुर्खेतमा ५५, अछाममा २, कञ्चनपुरमा ४, कैलालीमा ७६, डडेल्धुरामा ७, डोटीमा ४, दार्चुलामा १, बझाङमा ३, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ४९ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले