प्रचण्डले बोलाएको बैठकमा ओली पक्षका नेता गएनन् | Khabarhub Khabarhub

प्रचण्डले बोलाएको बैठकमा ओली पक्षका नेता गएनन्


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक धुम्बाराहीमा सुरु भएको छ ।

सचिवालय बैठक भनिए पनि आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरु उपस्थित छैनन् ।

प्रचण्डले आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए। बैठकमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

सचिवालयका प्रधामन्त्री केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल र ईश्‍वर पोखरेल भने उपस्थित छैनन् ।

यसैबीच प्रचण्ड पक्षले आफ्नो समूहका भन्दै आएका गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’ पनि बैठकमा सहभागी छैनन् । केही दिनअघि खुमलटार पुगेर बादलले प्रचण्डलाई पार्टी फुटतिर लैजान कुनै पनि क्रियाकलाप कसैले पनि गर्न नहुने मत राखेका थिए।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ३ : ५६ बजे

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको