प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्षको औपचारिक भेट | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्षको औपचारिक भेट

परम्परा र सम्बन्धका विषयमा छलफल


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवणेले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा श्रीमती र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासहित पुगेका नरवणे अबको केही बेरमा स्वेदश फिर्ता हुनेछन् ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको र दुई देशका सेनाप्रमूखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको बताएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनले प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवाद मार्फत समाधान हुने विश्वास ब्यक्त गरेकोसमेत उल्लेख गरेका छन् । ।

भेटमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललगायतको सहभागिता रहेको थियो ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पदवी प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा भण्डारीले सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । बिहीबार नै सेनाध्यक्ष नरवणेले प्रधानसेनापति पूर्णचन्द थापासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  २ : ४० बजे

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय