कीर्ते कागजका आधारमा विदेशी नागरिकलाई नेपाली नागरिकता | Khabarhub Khabarhub

कीर्ते कागजका आधारमा विदेशी नागरिकलाई नेपाली नागरिकता


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने क्रम तराइका अधिकांश जिल्लामा बढ्दै गएको छ ।

यसरी नागरिकता लिनेमध्ये अधिकांश बंगलादेश र भारतका नागरिक रहेका छन् । धेरैले शैक्षिक प्रमाणपत्र, गाविसको सिफारिस तथा प्रहरीको सर्जमिनलगायतका सम्पूर्ण कागजपत्र नक्कली पेस गर्ने गरेका छन् । तर, केहिले भने सरकारी कर्मचारीकै मिलेमतोमा नागरिकता हात पार्ने गरेको स्रोतको दाबी छ ।

यसै क्रममा एक जना भारतीयले बाँकेबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलासा भएको छ । भारत बस्ने नौसाद नाम गरेका व्यक्तिले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको खुल्न आएको छ ।

२०६३ सालमा नौसादले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय बाँकेको रेकर्डमा उल्लेख छ । नौसादले नेपालगन्ज वडा नं. १४ मा बसोबास रहेको झुटो विवरण पेस गरी जन्मसिद्ध नागरिकता लिएका हुन् ।

त्यसैगरी भारतीय नागरिक शेष नैमुद्दिनले पनि पर्साबाट नेपाली नागरिक लिएका छन् । उनले बाबु शेष जाहिर हुसेन र ठेगाना जिल्ला पर्सा, वीरगञ्ज उपमहानगरपालिका वडा नं. २ देखाई नागरिकता लिएका हुन् उनले २०४७ कार्तिक १८ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट ना.प्र.नं. १६०३१९३९८ को वंशजको नेपाली नागरिकता प्रमाणपत्र लिएको देखिन्छ ।

भारत बिहार प्रदेश पूर्वीचम्पारण अञ्चल छौडादानों थाना दरपा गाउँ नरकटिया १३ आदापुर (विधानसभा) भाग संख्या मतदान केन्द्र संख्या ९१, गृह संख्या ५५४ मा नामरहेको शेष नैमुद्दिनले २०३३ सालमा अङ्गीकृत नागरिकता लिन नाम दर्ता गराएकोमा सो प्राप्त भएपछि पुनः २०४७ सालमा वंशजको नागरिकता लिएका हुन् ।

निजको बाबु शेष जाहिर भारतमा नै घरबास गरी बसेकोले भारतीयको छोराले वंशजको नागरिकता पाउन नसक्ने भएको हुँदा छानबिन गरी कानूनी कारवाही गरी पाऊँ भनी निवेदन समेत परेको छ । प्रमोद विक्रम शाहसमेतका व्यक्तिले विभिन्न मितिमा उजूरी निवेदन दिएका हुन् । उजूरी निवेदन परेपछि गृह मन्त्रालयमार्फत पत्राचार भई जिल्ला प्रशासन कार्यालय, पर्साबाट छानबिन भइरहेको छ ।

त्यस्तै भारत भारतीय नागरिक वर्षीया मोहम्मद सलमान हल्वाईलाई नक्कली कागजात पेश गरी नागरिकता लिएको कसुरमा प्रहरीले पक्राउ गरेको छ । हल्वाईले २०७० मंसिर १२ गते नेपालगन्ज–५ निवासी आविद हुसेन हल्वाईलाई नक्कली बुवा बनाएर बंशजको आधारमा नागरिकता प्रमाणपत्र लिएका थिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता प्रमाणपत्र नम्बर ६९–०१–७०–०४३५५ को नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान गर्दा उनलाई पक्राउ गरिएको हो । त्यसैगरी रौतहटको राजपूर जन्मिदै नजन्मिएको बच्चाको नाममा काल्पनिक मुस्लिम नाम राखेर जन्मदर्ता बनाएको कुरा बाहिर आएको छ । सो जन्म्दर्ताको आधारमा १६ वर्षपछि जो सुकै बङ्लादेशी वा पाकिस्तान मुस्लिमलाई नागरिकता दिन सकिने छ ।

जानकारहरुका अनुसार नेपालमा केही वर्ष यता भारतीय, बंगलादेशी र पकिस्तानी मुस्लिमहरूले नक्कली नागरिकता प्रमाणपत्र लिएर नेपालमा बसोबास गर्न कोशिस गरिरहेका छन् । जसले नेपाल असुरक्षा बढ्ने खतरा बढ्दै गएको छ । नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल भन्छन्, ‘विशेष गरी तराई क्षेत्रमा भारतिय, बंगलादेशी तथा पाकिस्तानि नागरिकले नक्कली कागजात पेश गरी नागरिकता लिने गरेको घटना आइरहेका छन् । यसरी अबैध रुपमा नेपाली नागरिकता विदेशी नागरिकको हातमा पुग्नु नेपालको सुरक्षाको लागि नै चुनौती हो ।’ विज्ञहरुका अनुसार अहिले यसलाई कडाई गर्नुपर्छ ।

नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्ष कैद र ५ लाख जरिवाना

झुठो विवरण दिएर नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुन्छ । राज्य व्यवस्था तथा सुशासन समितिले ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा सहमति जुटाएसँगै झुटो विवरण दिई नेपाली नागरिकता लिने विदेशीलाई ७ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना लिने भएको हो । त्यसरी प्राप्त गरेको नागरिकता रद्ध हुनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ३२ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द