झापामा कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए | Khabarhub Khabarhub

झापामा कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् ।

तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए । उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ–१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।

१५ स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : २० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६