युरोपा लिगमा एसी मिलान पराजित | Khabarhub Khabarhub

युरोपा लिगमा एसी मिलान पराजित


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबलमा आफ्नो तेस्रो खेलमा इटालियन क्लब एसी मिलान पराजित भएको छ ।

समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मिलान फ्रेन्च क्लब लिलसँग ३-० ले पराजित भएको हो ।

लिलका युसुफ याजिसीले ह्याट्रिक गरेपछि मिलान घरेलु मैदानमै स्तब्ध भएको हो ।

खेलको २२औं मिनेटमा युसुफले पेनाल्टीमा गोल गर्दै लिललाई सुरुवाती अग्रता दिलाएका थिए । ५५औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै लिललाई २-० को अग्रता दिलाए ।

खेलको ५८औं मिनेटमा युसुफले ह्याट्रिक पूरा गर्दै लिललाई ३-० को सहज जित दिलाए ।

जितसँगै समूह ‘एच’ को लिल शीर्ष स्थानमा उक्लिएको छ । लिलले ३ खेलमा ७ अंक जोडेको छ । मिलान ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ९ : ५५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म