कुवेतमा सवारी दुर्घटना, एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु | Khabarhub Khabarhub

कुवेतमा सवारी दुर्घटना, एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु



दोहा- कुवेतमा  भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत रहेका उनीहरु काम सकेर कोठा फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

दूतावासका अनुसार कम्पनीको बसलाई बिपरित दिशाबाट आईरहेको मालवाहक गाडीले ठक्कर दिदा दुर्घटना भएको जनाएको छ । उपचारका क्रममा ठकुरीको नोभेम्बर ४ तारिखमा र पुनको  नोभेम्बर ५ तारिखका दिन मृत्यु भएको जनाएको छ ।

३ वर्षदेखि कुवेतमा कार्यरत रहेका मृतक ठकुरीको घरमा छोरा, छोरी र श्रीमती रहेका छन् भने मृतक पुन ठेगाना खुल्न सकेको छैन । कम्पनीसँग समन्वय गरेर उनीहरुको शवलाई नेपाल पठाइने दूतावासले जनाएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : ३० बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको