भिसा नीतिमा कुनै परिवर्तन भएको छैन : अमेरिकी दूतावास | Khabarhub Khabarhub

भिसा नीतिमा कुनै परिवर्तन भएको छैन : अमेरिकी दूतावास


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नल्याएको जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडा प्रावधानहरु ल्याएको भन्ने समाचारको खण्डन गर्दै भिसा नीतिमा कुनै परिवर्तन नभएको जनाएको हो ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी भिसाको सम्बन्धमा केही समाचारहरुको प्रकाशनले उत्पन्न गरेको भ्रामक सूचनालाई लिएर हाम्रो ध्यानाकर्षण भएको छ ।’

दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट पार्न चाहन्छौ कि हामीले हाम्रो नीतिमा कुनै परिवर्तन गरेका छैनौं । साथै, अमेरिकामा भ्रमण गर्ने वा प्रवासी कम्युष्टि पार्टीका सदस्यहरु वा निरंकुश शासन प्रणालीका सदस्यहरुको बारेमा हाम्रो दशकौं पुरानो कानुनमा कुनै परिवर्तन आएको छैन ।’

विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुलाई अमेरिकामा बस्न प्रतिबन्ध नलगाइएको स्पष्ट पारिएको छ । ‘हरेक भिसाको विषय व्यक्तिगत आधारमा निरुपण गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

दूतावासद्वारा जारी सूचना यस्तो छ-

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १० : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०