डा. केसीलाई अनसन अन्त्य गर्न नेकपाको आग्रह | Khabarhub Khabarhub

डा. केसीलाई अनसन अन्त्य गर्न नेकपाको आग्रह


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ।

मंगलबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले डा. केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीलाई अनसन अन्त्य गर्नका लागि सरकाले पत्र पठाएको बारे प्रधानमन्त्रीले जानकारी दिएको बताए।

‘डाक्टर गोविन्द केसीलाई अनसन तोड्न सरकारले अपिल गर्न पत्र पठाएको बारेमा प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो’, उनले भने।

डा. केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका विषयमा सरकारले गरेका केही सम्झौता कार्यान्वयन भएको र केही कार्यान्वयनका क्रममा रहेको र ती कार्यान्वयन हुँदै जाने जानकारी दिए।

मन्त्रिपरिषद पुनर्गठनबारे छलफल नै भएन

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनको  विषयले प्रवेश नै पाएन।

बैठमा विभिन्न संवैधानिक आयोगमा नियुक्ति र पार्टी एकीकरण सम्पन्न गर्ने विषयमा छलफल भएपनि चर्चामा रहेको मन्त्रिपरिषद पुनर्गठनका विषयमा कुनै छलफल भएन।

“सचिवालयको आजको बैठकमा मन्त्रिपरिषद पुनर्गठनका बारेमा प्रधानमन्त्रीले कुनै जानकारी भएको छैन। दुई अध्यक्षबीच कुनै छलफल भइरहेको होला”, बैठकपछि प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ०८ बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस