नाकामा सेना परिचालन गर्न र दशैंसम्म लकडाउन बढाउन प्रजिअहरुको सुझाव | Khabarhub Khabarhub

नाकामा सेना परिचालन गर्न र दशैंसम्म लकडाउन बढाउन प्रजिअहरुको सुझाव


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए ।

उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए ।

अहिले पनि विभिन्न ढुवानीका साधनमार्फत मानिसहरु आवतजावत भइराखेकाले त्यसलाई कडाइ गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए ।

उनले भने, “सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब २ हजार मान्छेलाई हामिले काठमाडौं भित्र्याउनै पर्छ । प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ । यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आयातित उपभोग हो काठमाडौंको । त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ । अनावस्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमामा कडाई गर्नुपर्ने हुन्छ । सिमामा कडाई गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ । नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँन के फरक पर्छर भनेर डीडीएमसीबाट निर्णय गरेर माथि पठाइयो तर सीसीएमसीमा त्यो कुराको त्यति सुनुवाई नभएको हो कि ।”

दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याई भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताए । भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन् ।

उनले भनिन्, “हामीलाई कस्तो दबाब आउँछ बुझ्नुपर्ने, निर्णायक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाका भन्दा उता गाडी ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृति पनि देखिन्छ ।” योजनावद्ध रुपमा मानिसहरुलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन् ।

मान्छेलाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

उनले भनिन्, “एउटा योजनावद्ध तरिकाले ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राख्ने भन्नुको मतलब यसको कन्ट्याक्ट राखेर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने गर्नुपर्छ ।” ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैँसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए ।

चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाइ निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए ।

उनले भने, “अब हाम्रो अगाडि चाडवाडहरु आइरहेका छन् । दशैंजस्तो ठुलो चाड आएको छ । मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ । त्यो अहिले हामीले बेहोरिरहेका छौं । जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यानफाल्न पनि तयार हुँदो रहेछ । दशैंमा पनि त्यस्तो हुन सक्छ । त्यसो भएको हुनाले दशैं सम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाएपनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ । होइन भने मानिसहरु दशैंमा घर जाने भन्ने हुन्छ, जमाना देखि गरिआएको चिज यो ठूलाबडाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भएपनि आर्शिवाद लिनुपर्छ भन्ने खालको यो यो सेन्टिमेन्टमा, यो इमोसनमा झन भयाभह स्थिति हुनसक्छ । त्यसलाई पनि विचार गरेर यो दशैंसम्म अझै सहजिकरण गर्ने तर यसलाई त्यो बेला सम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।”

नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागु भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : ४३ बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा