रातो मच्छिन्द्रनाथ सोह्रखुट्टे पाटी पुर्‍याइयाे, ललितपुरमा भोलि निषेधाज्ञा थप कडाइ | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथ सोह्रखुट्टे पाटी पुर्‍याइयाे, ललितपुरमा भोलि निषेधाज्ञा थप कडाइ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- रातो मच्छिन्द्रनाथको रथ आइतबार ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ ।

परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महर्जनले कोभिड महामारीको कारणले गर्दा रथ यात्रामा परिवर्तन गरिएको बताए ।

रथलाई ६/७ किलोमिटर सम्म (बुङमती) नपुर्‍याइ केही बेर तानेर टुङ्ग्याइने उनले जनाए ।

भदौ २६ गते उपयुक्त साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङमती लगिने कार्यक्रम तय भइसकेको बताइ ।

त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि उनले बताए ।

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन ।

प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति विना रथ तान्न थालेपछि विवाद भएको थियो ।

यसैबीच निषेधाज्ञा उलंघन भएको ठहर गर्दै ललितपुर प्रहरीले सोमबारबाट कडाई गर्ने भएको छ।

ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार सोमबारबाट ललितपुरमा निषेधाज्ञा झन कडा गरिने छ। उनका अनुसार ललितपुरमा निषेधाज्ञाको उलंघन हुँदा कोरोनाको जोखिम झन् बढ्दै गएपछि यस्तो तयारी गरिएको हो।

सरकारले खाद्यन्न, डेरी, औषधि पसल जस्ता अत्यावश्यक पसल खुल्ने अनुमती दिए पनि अरु पसलहरु समेत खुलेको देखिएको उनको भनाइ छ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ४० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा