राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यले भेटे पदक विजेता खेलाडी केसीलाई | Khabarhub Khabarhub

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका सदस्यले भेटे पदक विजेता खेलाडी केसीलाई


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले कोरोना संक्रमित नेपालको पहिलो अन्तर्राष्टिय पदक विजेता खेलाडी जीतबहादुर केसीको स्वास्थ्य अवस्था बुझेको छ।

आइतबार संघका अध्यक्ष दीपक श्रेष्ठ र निवर्तमान अध्यक्ष दीपक विष्ट केसीलाई भेट्न उनको निवास पुगेका हुन् ।

सामाजिक दूरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिएका हुन्। ७२ वर्षे केसीले संक्रमण भए पनि आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखिएको बताएका छन् ।

केसी काठमाडौ महानगरपालिका १४, कंलकी रानागाउँमा परिवारसहित बस्दै आएका छन् ।

अघिल्लो साता उनी अस्वस्थ भएर अस्पताल जाँदा उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता उनी घरमै आइसाेलेसनमा बस्दै आएका छन् ।

यस्तै, केसीलाई दोस्रो पटक आइतबार पीसीआर परिक्षणण हुने बताइएको छ । उनको परिवारको पनि कोरोना परिक्षण गरिनेछ ।

खेलाडी संघले केसीलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामाग्री उपलब्ध गराएको थियो । केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए । उक्त पदक नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक हो ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ३३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न