‘पहिरोबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’ | Khabarhub Khabarhub

‘पहिरोबाट भत्किएको ठाउँ सम्झँदा पनि डर लाग्छ’


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गत असार ६ र १८ गते इस्मा गाउँपालिका– १, २, ४ र ६ का विभिन्न ठाउँमा ठूलो पहिरो गयो । पहिरामा पुरिएर वडा नम्बर १ मल्दी र ढाडपाटमा एकएक गरी दुई जनाको ज्यान गयो । गाउँपालिकामा झण्डै डेढ सय घरमा क्षति भयो ।

तीमध्ये विस्थापित परिवारले स्थायी आवासको माग गरेका छन् । इस्मा– १ हस्तिचौरका तेजबहादुर कुँवरले आफूहरु अहिले टहरा बनाएर अस्थायी आवासमा बसेको जनाई स्थायी आवासको व्यवस्था मिलाइदिन आग्रह गरे । घर बनाउँदा आफूहरुले श्रमदान गर्ने तर लाग्ने लागत सरकारलाई उपलब्ध गराइदिन उनले आग्रह गरे ।

इस्मा– ४ दोहोलीका मानबहादुर घर्ती असार ६ गतेको पहिराले विस्थापित भए । घर नजीकै निर्माण गरिएको मोटर बाटाले गर्दा उनको घरगोठ र खेती गर्ने बारीमा क्षति पुर्‍यायो । घरगोठमा बस्नै नसक्ने भएपछि उनको ९ जनाको परिवार मुसिकोट नगरपालिका वडा नम्बर १ फुर्सेपोखरामा अस्थायी आवास बनाएर बसेको छ ।

पानी र पहिरो रोकिए पनि पुरानो ठाउँ बस्नलायक छैन । यसले गर्दा उहाँलाई स्थायी आवासको आवश्यकता परेको छ । ‘पहिले भत्किएको ठाउँ त सम्झँदा पनि डर लाग्छ, त्यहाँ त जाँदै जाँदैनौ’, घर्तीले भने, ‘हामीलाई एउटा घडेरी र घरको व्यवस्था भइदिए आभारी हुने थियौँ ।’

असार १८ गते परेको अविरल वर्षासँगै आएको पहिराले स्थानीयवासी भगवती घर्तीको घर पूर्णरुपमा क्षति गर्‍यो । घरमा बस्नै नसक्ने भएपछि उनी र दुई छोरा स्थानीय जनशक्ति प्राथमिक विद्यालयमा बसाइँ सरे।

श्रीमान् रोजगारीका सिलसिलामा भारतमा छन् । यता आफूहरुलाई पनि विद्यालयमा बस्न अप्ठ्यारो भइरहेको घर्तीले बताए । ‘फेरि त्यही ठाउँमा गएर बस्न सक्ने स्थिति छैन, विद्यालयमा पनि सधैँभरि बस्ने कुरा भएन,’ उनले भने, ‘दिगो र सुरक्षित आवासको आवश्यकता परेको छ ।’

अर्का स्थानीयवासी शिवलाल खासु मगरले पनि इस्माका विभिन्न ठाउँका बस्ती नै विस्थापित भएकाले सकेसम्म छिटो स्थायी आवासको व्यवस्था मिलाइदिन आग्रह गरे ।

आफ्नो घर पनि पहिराले बस्नलायक नभएकाले उचित आवासको व्यवस्था गरिदिन सरकारसँग उनले माग गरे । स्थानीय, प्रदेश र केन्द्र सरकारले आफूहरुको माग सकेसम्म छिटो पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

मगरको परिवार अहिले छिमेकीका घरमा बस्दै आएको छ । छिमेकीले पनि घर बिग्रियो भनेर तनाव दिएकाले आफू सकेसम्म छिटो स्थायी आवासमा बस्न चाहेको उनले बताए ।

असार ६ गते परेको अविरल वर्षाले गाउँपालिकाका केही ठाउँमा पहिरो गयो । यसले धेरै क्षति हुन नपाए पनि जोखिम बढायो । त्यसैमाथि असार १८ गते परेको अविरल वर्षासँगै गएको पहिराले झण्डै डेढ सय घरमा क्षति पुग्यो । वडा नम्बर १ मा १८ घर पूर्ण क्षतिग्रस्त, २५ घर आंशिक र ९३ घर उच्च जोखिममा छन् ।

वडा नम्बर २ मा तीन घर पूर्ण क्षतिग्रसत र ४७ घर उच्च जोखिममा छन् । वडा नम्बर ४ मा ९ घर पूर्ण क्षतिग्रस्त, १० घर आंशिक र ३१ घर उच्च जोखिममा छन् ।

वडा नम्बर ६ मा एक घर पूर्ण क्षतिग्रस्त, छ घर आशिंक क्षतिग्रसत तथा एक घर उच्च जोखिममा रहेको गाउँपालिकाका वास संयोजक हरिप्रसाद घिमिरेले जानकारी दिए ।

विस्थापित परिवारमध्ये कतिपय विद्यालयमा, कतिपय अर्कैके घरमा त कतिपय अस्थायी किसिमको टहरा बनाएर गुजारा चलाएका छन् । पहिराको उच्च जोखिममा रहेका घरका परिवार भने पुरानै घरमा फर्किएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  २ : ४५ बजे

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा