गर्मी भगाउन घरमै बनाउन सकिने ५ पेय पदार्थ | Khabarhub Khabarhub

गर्मी भगाउन घरमै बनाउन सकिने ५ पेय पदार्थ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले गर्मीको मौसम छ । यो मौसममा चिसो पेयको माग उच्च रहन्छ । गर्मीबाट बच्न मानिसहरु विभिन्न प्याकेट र बोतलबन्द चिसो पेय पिउने गर्दछन् ।

बजारमा पाइने सबै पेय स्वास्थ्यकालागी फाइदाजनक हुदै । यस्तोमा घरमा सजिलै बनाउन सकिने पेय स्वस्थ्य हुनुका साथै शरीरमा पोषण र उर्जा समेत प्रदान गर्दछ ।

१. कागती पानीको सर्बत
गर्मीबाट बच्न र सजिलै घरमा बनाउन सकिने सरल पेय हो, कागती पानीको सर्बत । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले शरीरलाई रोगको संक्रमणबाट बचाउनुका साथै शरीरलाई हाइड्रेट राख्दछ । यो गर्मी भगाउने सबैभन्दा उत्तम विकल्प हो ।

२. तरबुजा
हुनत कोरोना संक्रमणकालमा बजार जानु उपयुक्त हुदैन । तर सम्भव भयो भने तरबुजाको सेवन गर्मीमा अति उपयोगी हुन्छ । ९६ प्रतिशत पानी हुने तरबुजाको जुस शरीर हाइड्रेट राख्न र शितल बनाउन सबैभन्दा राम्रो विकल्प मध्ये एक हो ।

३. नरिवल पानी
नेपालमा त्यति धेरै नरिवलको पानी पिउने गरिँदैन । तर विदेश तिर गर्मीमा काँचो नरिवलको पानी पिउनेको संख्या उच्च हुन्छ । नरिवल पानीले शरीरमा पानीको मात्रा भरपुर गर्नुको साथै यसमा भएको पोषणले शरीर स्वच्छ र शितल बनाउँछ ।

४. मोही
प्रायः पहाडीया मुलका नेपालीको घरघरमा सेवन गरिने पेय हो, मोही । दहीलाई मथेर बनाइएको मोही अझै पनि गाउँघरमा गर्मी भगाउन सेवन गर्ने चलन छ । मोही स्वास्थ्यमा समेत लाभदायी हुन्छ । यसमा प्रोटिन, क्याल्सियम लगायतका पोषण पाइन्छ ।

५. पुदीना सर्बत
गर्मीमा शरीरलाई डिहाइड्रेशनबाट बचाउन पुदीनाको पात हालेर तयार पारिएको सर्बत उपयोगी हुन्छ । यो सर्बत तयार पार्दा पुदीना, चिनी, मह, बिरेनुन र जिरा मिश्रण गरी बनाउनु पर्दछ । यो सर्बतको सेवनले बच्चाहरुमा गर्मीको असर कम गराउँछ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १ : ३० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको