यसकारण काँचो बेसारको गाँठो 'बेसार-दूध' बनाउन सबैभन्दा उत्तम | Khabarhub Khabarhub

यसकारण काँचो बेसारको गाँठो ‘बेसार-दूध’ बनाउन सबैभन्दा उत्तम


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेसार भान्सामा रहने सबैभन्दा उत्तम एन्टिबायोटिक मध्ये एउटा हो ।

त्यसकारण हाड तथा शरिरमा हुने पीडा, चोट लागेको बेला अथवा खोंकी-रुघाले दुःख दिएको बेला परम्परागत तरिकाबाट बेसारबाट बनाइएका कुराहरु खाने गरिन्छ ।

बेसार मिसाएर तयार गरिने त्यस्ता खानेकुराहरुमा सबैभन्दा प्रिय तथा परिचित पेय पदार्थमध्ये एक हो- ‘बेसार-दूध’ ।

बेसार-दूध अत्यन्तै फाइदाजनक मानिएको छ । यो औषधीय घोल तयार पार्न अत्यन्तै सजिलो छ, तर के तपाईंलाई थाहा छ यो घोल हामी प्राय गलत तरिकाले तयार पार्छौं ।

अधिकांशले गर्ने एउटै गल्ती के हो भने दूधमा रेडिमेड बेसारको धूलो मिसाउनु । यो भन्दा काँचो बेसारको गाँठो प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

कसरी तयार पार्ने बेसार-दूधको घोल ?

विधि

बेसार-दूध बनाउनका लागि हामीमध्ये अधिकांशले प्रयोग गर्ने भनेको घरमैं रहेको बेसारको धूलोलाई तातो दूधमा मिसाएर तयार पारिएको घोल हो । तर तपाईंलाई यो थाहा पाएर अचम्म हुनुहुनेछ कि यसरी तयार पारिएको बेसार-दूधको घोल शरिरका लागि त्यती लाभदायक हुँदैन ।

बेसार-दूध बनाउने उत्तम उपाय भनेको काँचो बेसारको गाँठो प्रयोग गर्नु हो ।  यसलाई तयार पार्ने सही विधि यस प्रकार छः

  • बेसार-दूध बनाउनका लागि सबैभन्दा पहिले गाँठो बेसारलाई राम्री पखालेर सिलौटी अथवा मिक्स्चरमा पिस्नुहोस् ।
    एउटा भाँडोमा २ कप दूध तथा एक कप पानी राख्नुहोस, दूधमा पानी मिसाउँदा तापका कारण भाँडोमा दूधमात्र बाँकी रहनेछ भने पानी सुखिजाने छ ।
  • अब उम्लिंदै गरेको दूधमा बेसारको साना-साना टुक्रालाई राखिदिनुहोस् । अब बेसार राखिसकिएको यस दूधलाई कम्तीमा १५ देखि २० मिनेटसम्म मध्यम तापमा उमालिराख्नुहोस् । मध्यम तापमा बेसार मिसिएको दूर उमाल्नाले बेसारको सबै पोषकतत्व दूधमा राम्ररी मिसिन्छ ।
  • बेसार मिसिएको दूध राम्ररी उम्लिसकेपछि चिया छान्नेले छानेर गिलासमा राख्नुहोस् । यसरी छानिएको बेसारयुक्त दूध अब पिउनका लागि तयार छ ।
  • स्वादका लागि चुटकीजत्तीको कालो नुन तथा मरिचको धूलो पनि मिसाउन सक्नुहुनेछ ।
  • बेसार मिश्रित दूधले कोलेस्ट्रोल, घुँडा, कुहिनो, काँध, कम्मरको पीडा, कब्जियतको समस्याको समाधान गर्नुका साथै रगत सफा गर्न तथा वाथ रोगको समस्या भएकाहरुलाई फाइदा पुर्‍याउँछ । साथै शरीरमा रहेका विषाक्त पदार्थहरुलाई मल या मूत्रको मार्फत बाहिर निकाल्न सहयोग गर्नेछ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : १७ बजे

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन

‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको ‘निर्मोही’ सार्वजनिक

काठमाडौं– कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को अभिनय र स्वर रहेको

म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम

काठमाडौं- अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर– भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता