भारतमा कुल कोरोना संक्रमितमध्ये ६७ प्रतिशत निको भए | Khabarhub Khabarhub

भारतमा कुल कोरोना संक्रमितमध्ये ६७ प्रतिशत निको भए


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोनाभाइरसबाट कुल संक्रमितमध्ये ६७.६२ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो ।

भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३६ कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

ती मध्ये पछिल्लो २४ घण्टामा ४६ हजार १२१ जना सङ्क्रणमुक्त भएका हुन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५ सय बढी रहेको छ ।

सङ्क्रमित भएका र सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा पछिल्लो समयमा ठूलो अन्तर देखिदै गएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितमध्ये सात लाख ३२ हजार ८३५ जना निको भइनसकेको देखिन्छ तर अहिले पनि सङ्क्रमित अवस्थामा रहेका विरामीको सङ्ख्या पाँच लाख ९५ हजार ५०१ रहेको छ । भारतमा बिहीबारसम्म ४० हजार ६९९ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ३०.३१ प्रतिशत मात्रै हो । जवकी यो सङ्ख्या यसअघि योभन्दा सामान्य धेरै रहँदै आएको अधिकारीहरुको भनाइ छ ।

उनीहरुले कुल मृतकको अनुपात पनि अन्य देशको तुलनामा भारतमा कम भएको दावी गरेका छन् । भारतमा अहिले कुल सङ्क्रमितमध्ये २.०७ प्रतिशतको मात्रै मृत्यु हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभरीको कुल सङ्ख्याको आधारमा हेर्दा भारतको अवस्था सुधारोन्मुख नै देखिएको जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ५१ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना