कोरोनापछि चीनमा पुनः 'एसएफटीएस' भाइरसको संक्रमण, ७ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोनापछि चीनमा पुनः ‘एसएफटीएस’ भाइरसको संक्रमण, ७ जनाको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण निर्मुल नभइसकेको अवस्थामा चीनमा पुनः अर्को भाइरसको संक्रमण देखा परेको छ ।

कोरोनाको उदगमस्थल चीनमा अर्को ‘एसएफटीएस’ नामको भाइरसको संक्रमण देखा परेको जनाइएको छ । यो भाइरसको संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने ६७ जना संक्रमित भएका छन् ।

दक्षिण चीनमा फैलिएको यो भाइरस अन्य मानिसमा समेत सर्न सक्ने भन्दै चेतावनी दिइएको छ । पूर्वी चीनको जियांग्शू प्रान्तमा एसएफटीएस नामको यो भाइरसका कारण ३७ जना संक्रमित भएका छन् ।

त्यस्तै अन्हूईमा २३ जना संक्रमित भएका छन् । जियांग्शूको नानजियांगमा एक महिलामा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

उनलाई खोकी धेरै लागेको थियो । एक महिना उपचार गरेपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झेजियांग प्रान्तमा हालसम्म यो भाइसका कारण सात जनाको मृत्यु भएको छ ।

यो भाइरस सन् २०११ मा पत्ता लागेको थियो । भायरोलोजिस्टका अनुसार जनावरको शरीरमा टाँसिने किराहरुबाट यो मानिसमा सर्ने जनाइएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ३१ बजे

शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौँ– वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । ८०

निसीखोला बस दुर्घटना (अपडेट) : ९ जनाको मृत्यु, २८ जना घाइते

बागलुङ– बागलुङमा हिजो भएका बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९

गर्मीमा खुट्टा गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्  

काठमाडौँ– गर्मी लागेसँगै धेरैमा खुट्टा गन्हाउने समस्या आउने गर्दछ ।

मौसम परिवर्तनसँगै छालामा देखिने समस्या र बच्ने उपाय

काठमाडौं – चिसो मौसम सकिएर विस्तारै गर्मी सुरु भएको छ।