भुकम्पले भत्काएका विद्यालयको ८० प्रतिशत पुनर्निर्माण सम्पन्न, ५३ अर्ब खर्च | Khabarhub Khabarhub

भुकम्पले भत्काएका विद्यालयको ८० प्रतिशत पुनर्निर्माण सम्पन्न, ५३ अर्ब खर्च

लकडाउनमा पनि विद्यालय पुनर्निर्माण रोकिएन्


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड १९ का कारण सिर्जित लकडाउनको समयमा पनि भुकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।

वि.स. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले देशभर ३१ जिल्लाका ७ हजार ९ सय २३ विद्यालयमा क्षति पुर्याएको थियो ।

जसमध्ये २१ हजार १ सय ६९ विद्यालयका कक्षाकोठा पुर्ण र १२ हजार ९ सय ९० कक्षाकोठामा आशिंक रुपमा क्षति पुगेको थियो ।

शैक्षिक संस्था पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) लाई दिएको छ । इकाईका अनुसार निर्माण गरिएका विद्यालय तीन वटा मोडालिटीमा आधारित छन् ।

जसमा विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी र गैरसरकारी संस्थामार्फत पुनर्निर्माणको काम भइरहेको छ ।

हालसम्म ८० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको आयोजना कार्यान्वयन इकाईले जनाएको छ । असार ४ गतेसम्म ५ हजार ५ सय ५८ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ भने १ हजार ४ सय वटा विद्यालयहरु पुनर्निर्माणको प्रक्रियामा छन् ।

त्यस्तै ४ सय ६३ वटा विद्यालयहरु पुनर्निर्माणको कार्य अघि बढाउने इकाईको तयारी छ ।

भुकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनर्निर्माणको काम लकडाउनको समयमा पनि निरन्तर भइरहेको कार्यान्वयन इकाईका उप आयोजना निर्देशक दीलिप शेखर श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

कोभिड १९ का कारण देश लकडाउन भएसँगै शहरी क्षेत्रमा बस्ने युवाहरु गाउँतिर प्रवेश गरे । जसको फलस्वरुप ग्रामीण भेगका धेरै विद्यालयहरुले मुहार फेरेको उनले बताए ।

‘लकडाउनमा दक्ष युवाहरु गाउँ फर्किए ! लामो बसाई गाउँघरमै भएपछि पुनर्निर्माणमा हात हाल्न थाले’ श्रेष्ठले भने, ‘जसकारण ग्रामीण भेगका धेरै विद्यालयहरुले लकडाउनमा मुहार फेरेका छन् ।’

एकातिर लकडाउनको समय रोजगारी पाए भने अर्कोतिर विद्यालय पुनर्निर्माणले पनि गति लिएको छ ।

लकडाउनको सुरुवाती चरणमा भने पुनर्निर्माणको कार्यमा केही समस्या आएको बताउँछन् उनी । भन्छन्, ‘सुरुमा निर्माणका सामान विभिन्न जिल्लासम्म लैजान केही कठिन भएको थियो तर लकडाउनकै कारण विद्यालय पुनर्निर्माणको काम रोकिएको भने छैन ।’

हालसम्म ५३ अर्ब खर्च

भुकम्पीय आपतकालीन सहायता परियोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा पनि विद्यालय भवन निर्माण भइरहेका छन् ।

भुकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणका लागि विभिन्न अन्तराष्ट्रिय संघसंस्थाहरुले सहयोग गरेका छन् ।

नेपाल सरकारको आन्तरिक बजेटबाटै ६ हजार २ सय विद्यालय भवनको पुनःनिर्माण गर्ने लक्ष्य लिइएको छ ।

क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण गर्न सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ६ अर्ब, २०७४/०७५ मा ८ अर्ब ५९ करोड बिनियोजित गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १५ अर्ब ४१ करोड, २०७६/०७७ का लागि ११ अर्ब ८ करोड बजेट विनियोजन थियो ।

चालु आर्थिक वर्षमा विद्यालय पुनर्निर्माणका लागि १८ अर्ब बिनियोजित भएको छ ।

चालु आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को गठन २०७२ साल फागुन २७ गते भएको थियो ।

पुनर्निर्माण प्राधिकरणको समयावधि ५ वर्षको रहेकाले यस आयोजनाले पनि ०७७ साल फागुनसम्म सम्पुर्ण विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्छ ।

प्राधिकरणको समयावधिअनुसार अब ७ महिना बाँकी छ । सोही अवधिमा विद्यालय पुनर्निर्माणको काम सम्पन्न होला त ?

उप आयोजनाका निर्देशक श्रेष्ठ भन्छन्, ‘निर्माणधीन विद्यालयहरुका लागि केही समय थप होला, चालु आर्थिक वर्षको अन्तिमसम्म देशभरका भुकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेका छौं ।’

पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले भूकम्प प्रभावित विद्यालयसँग सम्झौता गरेर विद्यालय भवनको पुनर्निर्माण गरिरहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  २ : ५३ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार