यी हुन ५०० भन्दा बढी कोरोना संक्रमित भएका नेपालका ६ जिल्ला | Khabarhub Khabarhub

यी हुन ५०० भन्दा बढी कोरोना संक्रमित भएका नेपालका ६ जिल्ला


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत प्रदेश २ का २ जिल्ला, प्रदेश ५ का एक जिल्ला र सुदुरपश्चिम प्रदेशको ३ जिल्ला गरी ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना उपचारत रहेको जानकारी दिएका हुन् ।

५ सय भन्दा बढी उपचारत संक्रमित हुने जिल्ला यी हुन्

प्रदेश २ : महोत्तरी, रौतहट,
प्रदेश ५ : पाल्पा
सुदुरपश्चिम प्रदेश : अछाम, कैलाली र बाजुरा

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सबैभन्दा धेरै संक्रमित प्रदेश २ मा छन् । यस्तै सबैभन्दा कम बागमती प्रदेशमा रहेका छन् ।

नेपालमा १५ हजार ९६४ जना कोरोना संक्रमित भएकोमा हालसम्म ६ हजार ८११ जना डिस्चार्ज भएका छन् । यस्तै ९ हजार ११८ जना आइसोलेसनमा रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ : ७१० जना (४६९जना डिस्चार्ज)
प्रदेश २ : ४ हजार १८४ जना (२ हजार ७२ जना डिस्चार्ज)
बागमती प्रदेश : ६३९ जना (२३४ जना डिस्चार्ज )
गण्डकी प्रदेश : १ हजार १७५ जना (२९५ जना डिस्चार्ज )
प्रदेश ५ : ३ हजार ९८४ जना (१ हजार ८५७ जना डिस्चार्ज )
कर्णाली प्रदेश : १ हजार ५८१ जना (१ हजार २२२ जना डिस्चार्ज )
सुदुरपश्चिम प्रदेश : ३ हजार ६९१ जना (६६२ जना डिस्चार्ज )

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : ५१ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा