साम्राज्ञीले भुवनलाई भनिन् – आजका नारीहरु कमजोर छैनन् | Khabarhub Khabarhub

साम्राज्ञीले भुवनलाई भनिन् – आजका नारीहरु कमजोर छैनन्


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयदेखि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता भुवन केसीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।

साम्राज्ञीले भुवनमाथि दुर्व्यवहारमा परेको आरोप लगाएपछि भुवन धेरैको तारो बनेका छन् ।

साम्राज्ञीले पटकपटक फिल्म ‘ड्रिम्स’ का बेला आफूले अपमानजनक व्यवहार भोग्नुपरेको बताएपछि भुवनले सामाजिक सञ्जाल फेसबूकबाटै जवाफ फर्काएका थिए – जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने ।

भुवनको जवाफपछि साम्राज्ञीले भुवनलाई इंगित गर्दै आफू ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताइन् । साम्राज्ञीले भुवनमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् ।

जवाफमा भुवनले पनि साइबर क्राइम सम्झाउँदै भए नभएका आरोप नलगाउन साम्राज्ञीलाई चेतावनी दिए । उनले नेपाल चलचित्र कलाकार संघमा छानबिनका लागि भन्दै निवेदन दिए ।

यत्तिकैमा क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमाथि प्रश्न उठाउँदै उनीसँगको स्किृनशट शेयर गरिन् । उक्त च्याटमा भुवनले स्वेतालाई फिल्म खेलाउने अफर गरेको र ‘राम्री’ भन्दै तारिफ गरेको देखिन्छ ।

भुवनले भने उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यसैबीच साम्राज्ञीले आजका नारीहरु कमजोर नभएको भन्दै नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेकी छिन्, ‘आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकून्, चाहे त्यो सामाजिक हिसाबले होस् या कानूनी हिसाबले । आजका महिलाहरु हरेक हिसाबले सबल छन् भन्ने कुराको हेक्का राखौं ।’

भुवनले सामाजिक सञ्जालमा प्रयोग गरेको भाषालाई लिएर पनि साम्राज्ञीेले प्रश्न उठाएकी छिन् । उनले भनेकी छिन्, ‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर सामाजिक सञ्जाल अनेक थरी भन्नु कहाँसम्म उचित हो ? के हो वरिष्ठ र प्रतिष्ठित भनेको ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’

‘कुनै पनि कलाकारले स्वयम् उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ, जुन कुराको भुक्तभोगी तपाईं स्वयम् हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क बिल्कुलै मिल्दैन,’ उनले भनेकी छिन् ।

साम्राज्ञीले यदि नेपाली क्षेत्रलाई विकास गर्ने हो भने आफूलाई मै हुँ भनी भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने बताएकी छिन् ।

यस्तो छ साम्राज्ञीको भनाइ:

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ४ : ४२ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले