नेपोटिज्मबारे टाइगर श्राफले राखे यस्तो धारणा | Khabarhub Khabarhub

नेपोटिज्मबारे टाइगर श्राफले राखे यस्तो धारणा


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्ममाथि बहस सिर्जना भइरहेको छ । कतिपय सेलिब्रेटीले नेपोटिज्मका कारण सुशान्तले आत्महत्याको बाटो रोजेको बताउँदै आएका छन् ।

भारतमा कैयन् सेलिब्रेटीलाई फ्यानले गाली गरिरहेका छन् । सलमान खान, करण जोहर, आलिया भट्ट, सोनाक्षी सिन्हा लगायत स्टार ट्रोलको शिकार बनिरहेका छन् ।

यसैबीच ज्याकी श्राफका छोरा टाइगर श्राफले पनि यसबारेमा आफ्नो धारणा राखेका छन् । टाइगरले आउटसाइडरका तुलनामा स्टार किडलाई फिल्म क्षेत्रमा प्रवेश गर्न सजिलो भए पनि आफूलाई साबित गराउन झन् बढी दबाब हुने बताएका छन् ।

टाइगरले एक अन्तर्वार्ताका क्रममा भने – ‘सेलिब्रेटीको छोरो हुनाका कारण ममाथि धेरै दबाब छ, मान्छेलाई लाग्छ कि, हामीलाई निकै सजिलो होला ।’

‘म झुट बोल्दिनँ, एक तरिकाले दर्शकको ध्यान खिच्न सजिलो पनि छ, अर्कातिर आफूलाई साबित गर्न दोब्बर मेहनत गर्नुपर्छ,’ उनले भने ।

टाइगरले आफ्नो पिताको छायाबाट आफूलाई बाहिर निकालेको बताए ।

‘मेरा पिता ३० वर्षदेखि यो क्षेत्रमा हुनुहुन्छ, उहाँले सफलता र असफलता सबै देख्नुभएको छ, मलाई उहाँले सानैदेखि ख्याल गर्नुभएको छ,’ टाइगरले भने, ‘अब म आफ्नै खुट्टामा उभिएको छु ।’

बलिउडमा कंगना रनावत, मनोज बाजपेयी लगायतका सेलिब्रेटीले बलिउडले आउटसाइडरलाई मौका नदिएको र आफ्ना नातेदार र आफन्तलाई मौका दिएको बताएका छन् । यता टाइगर श्राफ पनि यो आरोपको शिकार भएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : २५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द