ओली–प्रचण्ड वार्ता सकियो, आज पनि सहमति जुटेन | Khabarhub Khabarhub

ओली–प्रचण्ड वार्ता सकियो, आज पनि सहमति जुटेन


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ । दुई अध्यक्षबीच बालुवाटारमा झण्डै डेढघण्टा छलफल चलेको थियो ।

उनीहरुबीच केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिने विषयमा छलफल केन्द्रित रहेको बताइए पनि के सहमति भयो भन्ने खुलेको छैन । आजको वार्ता निर्णायक बनाउने अध्यक्षद्वयले यसअघि बताए पनि कुनै सहमति जुटेको छैन । तर नेताहरुले वार्ता सकारात्मक भएको बताएका छन् ।

ओली निकट निकटका एक नेताले भने, ‘छलफल झण्डै डेढ घण्टा चलेको थियो । ठोस कुनै सहमति भएको छैन। तर वार्ता सकारात्मक रुपमा अघि बढेको छ । कुनै सहमति नजुटे पनि एक अर्काको प्रस्ताव र संवाद अघि बढाउने सहमति भएको छ । फेरि वान टु वान वार्ता हुनेछ ।’

नेकपाका अध्यक्ष प्रचण्डको निकटका अर्का नेताले भने, ‘दुई अध्यक्षका बीचमा गम्भीर ढंगले छलफल गर्ने सहमति भएको छ । अब छलफलको वातावरण बन्दै गएको छ। वार्तामा अध्यक्ष प्रचण्डले कुनै कार्यदल नबनाइ दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेको बताउनुभएको थियो ।’

प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी दुई जनामात्रै बस्न जरूरी छ। अरू यताउति नगरिकन हामीमात्रै बसौं भनेर अध्यक्षले भन्नुभएको छ। प्रधानमन्त्रीबाट ठोस कुरा केही नआएको भए पनि छलफल, छलफलजस्तो भएको छ।’

यसअघि दोस्रो तहका नेताहरुसहित बैठक बसेका ओली र दाहालबीच सोमबार एक्ला एक्लै छलफल चलेको हो ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको शक्ति संघर्षले नेकपा लगभग विभाजनको विन्दुमा पुगेको देखिएको छ ।

समस्या समाधानका लागि दुई अध्यक्षबीच अहिलेसम्म भएका वार्तामा कुनै सकारात्मक संकेत देखिएको छैन । सोमबारको छलफलमा कस्तो प्रगति भयो भन्ने खुलेको छैन ।

ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने प्रचण्ड–नेपाल समूहको माग तथा कुनै पनि पद नछोड्ने ओलीको अडानका कारण अहिलेसम्म सहमति भएको छैन । तर, पार्टीका दोस्रो तहका नेताहरु सहमतिका लागि प्रयासरत रहेको बताउँछन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : ३३ बजे

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै