३० लाख भाडा छुट गर्दै चितवन मावि | Khabarhub Khabarhub

३० लाख भाडा छुट गर्दै चितवन मावि


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनको एक विद्यालयले एक महिना १५ दिनको भाडा बापतको ३० लाख रूपैयाँ छुट गरेको छ ।

कोभिड–१९ सँगै गरिएको लकडाउनले भाडामा बस्नेको व्यवसाय प्रभावित भएको भन्दै भरतपुरमा रहेको चितवन माविले भाडा छुट गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछानेका अनुसार सटर भाडा लिएकाबाट मासिक भाडा २० लाख उठ्ने गर्दछ । एक महिना १५ दिनको भाडा छुट गरिएको हो ।

सोही जग्गामा रहेको चितवन मेडिकल कलेजले वार्षिक ५० लाख रूपैयाँ भाडा तिर्ने गर्दछ । त्यस संस्था र मुद्दामा रहेको एक पेट्रोलपम्पबाहेक सटर भाडामा लिएकाको भाडा छुट गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको जनाएको छ ।

विद्यालयले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक रु तीन करोड हाराहारी भाडा सङ्कलन गर्ने उहाँको भनाइ छ । विद्यालयका प्राचार्य मुक्तिनाथ लामिछानेले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको भन्दै दिएको निवेदनउपर समितिले सो निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार विद्यालयले सङ्कलन गर्ने भाडाबाट निजी स्रोतमा रहेका शिक्षक, शिक्षिका र कर्मचारीको तलबसँगै भौतिक पूर्वाधारमा खर्च गरिने गरेको छ ।

यस क्षेत्रमा सरकारीस्तरमा सबैभन्दा बढी भाडा सङ्कलन हुने संस्था चितवन मावि पर्दछ । यसअघि जिल्ला समन्वय समितिले पनि आफ्नो जग्गा एवं भवनमा भाडामा बसेकालाई लकडाउनको समयमा तीन महिनाको भाडा छुट गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ०९ बजे

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल