स्वारेज र ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जीत | Khabarhub Khabarhub

स्वारेज र ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जीत


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार फरवार्ड लुइस स्वारेज र एन्टोनी ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियलमाथि शानदार जीत हात पारेको छ ।

बार्सिलोनाले घरेलु टोलीमाथि ४–१ को जीत निकाल्दा स्वारेज, ग्रिजम्यान र अन्सु फातीले एक-एक गोल गरे । बार्सिलोनाले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

भिल्लारियलमा आइतबार राति भएको खेलमा बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै पोउ टोरेसको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

जोर्डी अल्वाको क्रसलाई भिल्लारियलका टोरेसले बचाउने प्रयास गरेपनि आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो ।

१४औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । स्यामुइल चुकवुइजीबाट पाको एल्कासेर हुदै सेन्टी कार्जोलाबाट आएको लो क्रसलाई मोरेनोले गोलमा परिणत गरेका थिए ।

२०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको एकल उत्कृष्ट मुभमेन्टको पासमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए ।

४५औं मिनेटमा मेस्सीकै पासमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ को आरामदायी अग्रता दिलाए ।

८६औं मिनेटमा सब्सिच्युट अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई ४–१ को जीतसहित ३ अंक दिलाए ।

जीतसँगै बार्सिलोनाको ३४ खेलबाट ७३ अंक पुगेको छ । शीर्षस्थानको रियलको ७७ अंक रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : ४० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका