संखुवासभाका अत्तिविपन्न वर्गलाई शेर्पा परिवारद्वारा राहत वितरण | Khabarhub Khabarhub

संखुवासभाका अत्तिविपन्न वर्गलाई शेर्पा परिवारद्वारा राहत वितरण


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीका बेला समस्यामा परेका संखुवासभाका पर्यटन मजदूरहरुलाई राहत प्रदान गरिएको छ ।

सेभेन समिट ट्रेक्स् प्रालीको सहयोगमा शेर्प परिवारले  संखुवासभाका आरोही र पर्यटन मजदुरलाई ६० लाख बराबरको राहत प्रदान गरेका हुन् ।

उनीहरुले संखुवासभा स्थायी घर भएका काठमाडौं उपत्यकामा बस्दै आएकाहरुलाई राहत प्रदान गरेका हुन् ।

करिब १२०० परिवारलाई दाल, चामल लगायत केही रकम समेत सहयोग गरिएको संस्थाका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले जनाए ।

उनले राहत वितरणको कार्यलाई निरन्तरता दिइरहेको बताए ।  समस्यमा परेका अरू जिल्लाका नागरिकलाई पनि राहत प्रदान गरिएको संस्थाका अध्यक्ष मिङमा शेर्पाले बताए ।

उनले आपत-विपतमा परेका विद्यार्थी, आरोही, पर्यटन मजदूरहरुलाई राहत प्रदान गरिएको जानकारी दिए ।

उनीहरुले काठमाडौमा मात्र नभई संखुवासभा जिल्लाको स्थानीय तहमा समेत राहत प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १० : ३९ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको