भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएका माडीका २७ वर्षीय युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्।

हिजो दिउँसो साढे २ बजे क्वारेन्टाइनबाट भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर भर्ना गरिएका बिरामीको आज बिहान साढे १० बजे मृत्यु भएको थियो।

बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि आइसोलेसनबाट आईसीयूमा सारेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

त्यसपछि भरतपुर अस्पतालले उनको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षण गरेको थियो। माडीकै एक क्वारेन्टाइनमा रहेका ती युवकलाई तीन दिनदेखि उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ३७ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा