नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुग्यो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र  सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । योसँगै मृतकको संख्या १३ पुगेको हो ।

डोल्पाका पुरुष दमको रोगी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए । उनकाे २१ जेठमा मृत्यु भएकाे थियाे ।

त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलाइसिस गराउन आएको र मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए ।

‘डायलासीस गराउन आउँदा कोरोनाको कुनै लक्षण उहाँमा थिएन,’ उनले भने, ‘परीक्षण गर्दा भने रिपोर्ट पोजेटिभ देखिएको हो ।’

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध, ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष र पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुष गरी १० जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

शनिबार मुलुकमा थप ३ सय २३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय २३ जना संक्रमित थपिएका हुन् ।

थपिनेमा २ सय ९९ पुरुष र ६६ महिला छन् । यो संगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार २ सय ३५ पुगेको छ । नेपालका हालसम्म ७० जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ४ : ४८ बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले