क्वारेन्टाइनबाट घर पठाइएकालाई कोरोना संक्रमण देखिएपछि फेरि बोलाइयो | Khabarhub Khabarhub

क्वारेन्टाइनबाट घर पठाइएकालाई कोरोना संक्रमण देखिएपछि फेरि बोलाइयो


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- भारतबाट दैलेख पुगेका नारायण नगरपालिका–२ का तीन जनाको आरडीटी परीक्षण गरियो । केही दिन नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइयो । तर, पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै फेरि क्वारेन्टाइनमा बोलाइएको छ ।

अहिले उनीहरु जाजरकोटस्थित कोटथाप्लामा निर्माण गरिएको क्वारेन्टाइनमा छन् । उनीहरुसँग आएका ८७ जनाको खोजी गर्न नगरपालिकाले ११ वटै वडा कार्यालयलाई परिपत्र गरेको छ ।

अहिले नारायण नगरपालिकास्थित नारायण क्याम्पस कोरोना संक्रमणको केन्द्र बनेको छ । कर्णालीमा भेटिएकामध्ये आधा संक्रमित क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए ।

१ सय बेड क्षमताको क्याम्पसमा अहिले २ सय ५० जनालाई राखिएको छ । सुरुमा कोरोना पुष्टि भएकालाई छुट्टै व्यवस्थापन गर्न सकेको भए भयावह अवस्था नआउने नागरिक समाजका अगुवा खडकबहादुर सिजापतिले बताए ।

नारायण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जनशक्ति अभावले परीक्षण ढिला हुँदा संक्रमित गाउँघरमै पुगेको बताए । उनका अनुसार नगरपालिकामा जेठ १ गतेयता झन्डै १ हजा ५ सय जना भारतबाट भित्रिएका छन् । उनका अनुसार अहिलेसम्म ८ सय ३७ जनाको आरडीटी र ३ सय १६ जनाको पीसीआर गरिएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले रिपोर्ट ढिलो आउँदा संक्रमितको संख्या बढ्दै गएको जनाए । हचुवाको भरमा स्थानीय तहले भारतबाट फर्किएकालाई घर पठाउँदा समस्या भएको जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : ३८ बजे

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ