'चौरजहारी घटना विश्व मानव सभ्यतामाथिको कलंक' | Khabarhub Khabarhub

‘चौरजहारी घटना विश्व मानव सभ्यतामाथिको कलंक’


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र काठमाडौंले रुकुमको चौरजहारी घटना विश्व मानव सभ्यतामाथिको कलंक भएको आरोप लगाएको छ ।

केन्द्रले एक विज्ञप्ति जारी गर्दै जातीय विभेद र पुरानो ब्राह्मणवादी सोंच र चिन्तनद्वारा निर्देशित, हिन्दु उच्च जातीय अहंकारवादबाट घटेको उल्लेख गरेको छ ।

केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामन्ती ब्राह्मणवादी राज्यसत्ताले वर्गीय , जातीय , लिंगीय र सामन्ती साँस्कृतिक शोषण , उत्पीडन तथा अत्याचार नेपाली समाजमा कायम रहदै आएका कारण यही जेठ १० गते साँझ ६ बजेतिर पश्चिम रुकुम, चौरजहारी नगरपालिका वडा नम्बर ८ , सोती गाउँमा जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ राणा गाउँका नवराज बिक र गणेश बुढामगर ,सन्दीप बिक , लोकेन्द्र सुनार , टिकाराम सुनार , गोविन्द शाही गरी ६ जना युवाहरुको मध्ययुगिन हत्याकाण्डहरु र नरसंहारहरुलाई संझाउने गरी दलित भएकै कारण कथित उच्च जाति भनिएका ठकुरी जातिसहितको ठूलो समुहले नरसंहार गरेको ठहर गरेको छ ।’

बिक जातका युवा र कथित माथिल्लो जाति भनिएको ठकुरी जातकी सुषमा बिच प्रेम बिवाहको विषयलाई आधार बनाएर जातीय विभेदका कारण उक्त निरसंस , पाशविक , जघन्य तथा नरसंहारकारी हत्याकाण्डलाई केन्द्रले २१ शताब्दीको समानतामूलक र सभ्य विश्व मानव सभ्यतामाथिकै कलंकका रुपमा लिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ३ : १५ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने