सरकारको काम गर्ने क्षमता र इमान्दारिता छैन - नेता रिजाल | Khabarhub Khabarhub

सरकारको काम गर्ने क्षमता र इमान्दारिता छैन – नेता रिजाल


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार असफल भएको दाबी गरेका छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै सरकारसँग काम गर्ने क्षमता र इमान्दारी दुवै नभएको रिजालको टिप्पणी छ।

खर्च कटौती प्रस्तावमाथि बोल्दै प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद रिजालले बजेट आउनुभन्दा एक दिन अघि विद्युतीय गाडीलाई भन्सार नलिई छोडेकोबाट सरकार असफल भएको पुष्टि हुने दाबी गरे।

‘सरकारले जसरी एक दिनअघि बिजुलीबाट चल्ने गाडी छोड्यो, यसबाट आफू निकट व्यापारीहरुलाई र आफू कमाउनेमा लागेको पुष्टि भएको छ’, उनले भने, ‘यो घटनाबाट सरकारको इमान्दारीतामा प्रश्न खडा भएको छ।’

उनले सरकारको राजश्व उठाउन सक्ने क्षमता नभएको उनले टिप्पणी गरे। अर्थ मन्त्रालयको खर्च २५ अर्बबाट ८ अर्बमा ल्याउन उनले माग गरे।

‘हाम्रो अर्थतन्त्र जसरी संकटमा फस्दै छ। संक्रमण अब दश हजारभन्दा माथि जाने चिन्ता छ’, उनले भने, ‘क्वारेनटाइनमा बस्ने सबैलाई संक्रमण होला भन्ने, गाउँगाउँमा फैलेला भन्ने डर बढेको छ।’

पुरक अनुमानका आधारमा बजेट ल्याऊ भन्दा सरकारले नटेरेको भन्दै उनले यसले असर पर्ने बताए। कुल गार्हस्थ उत्पादन बढ्ने अवस्था नभएको र असार मसान्तसम्मको राजश्वको अनुमान गर्न नसकिएको अवस्था रहेकाले सरकारले काम गर्न नसक्ने उनले दाबी गरे।

अर्थ मन्त्रालयले राजश्व नै अनुमान गर्न सकेको छैन तर बजेट कसरी लेख्न सकियो भन्दै रिजालले आम्दानीभन्दा धेरै १९० अर्ब बढी खर्च भइसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए।

अब संक्रमणसँग लड्न १० अर्बभन्दा धेरै आवश्यकता हुने उनले बताए। ‘हिजो राज्यको ढुकुटी रित्तो छ भन्ने सरकारले अब कसरी खर्च गर्छ’, उनले भने, ‘अब विश्वास छैन, सरकारले खर्च गर्ने कुरामा।’

बिजुलीका योजना, मेलम्ची खानेपानी र पोखरा विमानस्थल लगायतका राष्ट्रिय गौरवका आयोजनामा खर्च हुने भनेको भए पनि सरकारले गर्न नसक्ने उनले दाबी गरे। सरकार यसका लागि सक्षम छैन भन्ने देखिइसकेको आरोप उनले लगाए। सरकार कोरोनासँग लड्नभन्दा कार्पेट बिछ्याउनमा व्यस्त भएको आरोप उनले लगाए।

‘सत्ताका मानिसहरु कुन धुनमा बाँसुरी बजाए राम्रो हुन्छ भनेर स्वर मिलाएर बसेका छन्’, उनले भने, ‘अब राष्ट्रिय अठोटको आवश्यकता छ। सबै मिलेर काम गरौं, तपाईंले मात्र यो संकट पार लगाउनुहुन्न।’

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  १२ : ०१ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ