भारतबाट आएका वृद्धको बाजुराको क्वारेन्टाइनमा मृत्यु « Khabarhub

भारतबाट आएका वृद्धको बाजुराको क्वारेन्टाइनमा मृत्यु


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।

यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो ।

गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनी दमको रोगी भएको बताइएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ११ : ३२ बजे

नवौं राष्ट्रिय खेलकुद सर्ने

काठमाडौँ – यसै महिनाको अन्तिम साता गण्डकी प्रदेशमा हुने तय

मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको

खानीखोला-५ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काभ्रेपलाञ्चोक – जिल्लाको खानीखोला गाउँपालिकाको वडा नम्बर ५ मा माओवादी

‘बालेनहरूको जितले राजनीतिक दल संकटमा पर्छन्’

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले लोकप्रिय मत ल्याएपछि

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा – धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु