नेपालमा यो वर्ष सलहको प्रकोप नदेखिने कार्यदलको निष्कर्ष | Khabarhub Khabarhub

नेपालमा यो वर्ष सलहको प्रकोप नदेखिने कार्यदलको निष्कर्ष


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा यो वर्ष सलह किराको प्रकोप नदेखिने कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले निष्कर्ष निकालेको छ ।

मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा गठित समितिले विज्ञहरुसँगको परामर्शमा नेपालमा यो वर्ष सलहको प्रकोप नपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो ।

यो वर्ष सलहको हुल नेपाल नआए पनि आउँदा वर्षका लागि भने सावधानी अपनाउनु पर्ने प्रतिबेदनमा उल्लेख छ ।

वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले यो वर्ष अफ्रिकाबाट भारतसम्म आइपुगेका सलहको हूल नेपाल आउने खालको मौसमी प्रणाली हाललाई नरहेको कार्यदलको निष्कर्ष छ।

विशेष समितिका संयोजक हुमागाईँका अनुसार सलहबारे लामो समयदेखि अध्ययन गरेका र उनीहरुको मार्गको पूर्वानुमान गर्ने विज्ञहरुसँगको परामर्श तथा मौसमी अवस्थाको विश्लेषणमा आधारित हुँदा यो वर्ष सलह नेपाल आउने सम्भावना छैन ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ११ : ११ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको