झापामा करेन्ट लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

झापामा करेन्ट लागेर एक जनाको मृत्यु


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको दमक नगरपालिका–२ स्थित हुम्सेदुम्से सामुदायिक वनभित्रको रिसोर्टमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–४ बस्ने २६ वर्षीय चित्रबहादुर ओली रहेका छन् । शुक्रबार दिउँसो रिसोर्टभित्र काम गर्ने क्रममा बा१क ८०९६ नंको जेसिबीले बिजुलीको तार छोइ करेन्ट लाग्दा उनी घाइते भएका थिए ।

घाइते ओलीलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी जेसिबीका सहचालक हुन् ।

उनको शव आम्दा अस्पताल दमकमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक साकारराज पन्तले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ८ : ३५ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०