नेकपा स्थायी कमिटी बैठक अनिश्चित, बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठक अनिश्चित, बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच एजेन्डाको विषयमा सहमति नहुँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

बिहीबारदेखि शुरु हुने गरी तय भएको स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बुधबार अपाह्न सचिवालय बैठक बसेको थियो । तर, प्रधानमन्त्री समेत रहेका ओली बैठकको बीचमै उठेर हिँडेपछि स्थायी कमिटीको एजेन्डा तय हुन सकेको छैन ।

अध्यक्ष ओली बीचमै उठेर हिँडेपछि बुधबार बसेको सचिवालय बैठक बिना कुनै निष्कर्ष सकिएको छ ।

बैठकमा उपस्थित भएका सचिवालय सदस्ययहरु उठेर हिँडेका छन् । बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठको एजेन्डा तय गर्न अध्यक्षहरुको गृहकार्य नपुगेको विषय बैठकमा जानकारी गराइएको बताए ।

अध्यक्ष अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको श्रेष्ठले जानकारी दिए ।

अध्यक्षद्वयबीच सहमति भए मात्रै स्थायी कमिटी बैठक निश्चित हुने छ ।

यसअघि शनिबार बसेको सचिवालय बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

सचिवालय बैठकको निर्णयानुसार बिहीबार बिहान ११ बजेदेखि पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने भन्दै स्थायी कमिटीका सदस्यहरुलाई खबर समेत गरिएको छ ।

तर, बुधबारको सचिवालय बैठकमा विवाद झन बढेपछि स्थायी कमिटी बैठक अश्चित बनेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ६ : ५३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०