दुई महिने शिशुसमेत थप १७ जनामा कोरोना, निको भएका तीन जनामा पुन: संक्रमण | Khabarhub Khabarhub

दुई महिने शिशुसमेत थप १७ जनामा कोरोना, निको भएका तीन जनामा पुन: संक्रमण


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्जबाट आएको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।  उनीहरु सबै पर्साका हुन् ।

नयाँ थपिएका कोरोना संक्रमितहरु ७ जना महिला र १० जना पुरुष छ । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए ।

नवजात शिशुमा अर्थात दुई महिनाको शिशुमा कोरोना देखिएको नेपालमा पहिलो पटक हो । यसअघि ७ वर्षको बच्चामा कोरोना देखिएको थियो ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको डा देवकोटाको भनाइ छ ।

कोरोना संक्रमण निको भएर घर फर्किएका तीन जनामा पुन कोरोना संक्रमण देखिएको छ ।

पुन: कोरोना संक्रमण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएका पेप्सीकोलाका ५८ वर्षीया पुरुषमा फलोअप परीक्षणमा पुनः कोरोना संक्रमण देखिएको बताए ।

उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरीएको छ । यस्तै बैशाख १९ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीया पुरुष र पर्साका ४४ वर्षीया पुरुषको पनि फलोअप टेष्टमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर देवकोटाको भनाइ छ ।

उनीहरुलाई पनि अहिले नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना गरिएको प्रवक्ता डा देवकोटाले बताए ।

उनले कोशी अस्पतालमा ६जना निको भएर घर फर्किएको बताए । यो सँगै नेपालमा कोरोना निको हुने संक्रमितको संख्या २२ पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार देशभर कोरोना संक्रमित तथा कोरोना आशंका गरिएका सबै गरी १ सय ३६जना देशभरका अस्पतालमा आइसोलेसनमा रहेकाक छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म १४ हजार ९६ वटा नमूना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० वटा नमूना परीक्षण गरीएको छ ।

प्रवक्ता देवकोटाका अनुसार हाल देशभर १९ हजार ७ सय ३४ जना क्वारेन्टाइमा रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ५२ बजे

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,