युट्युबमा कस्तो प्रतिक्रिया पाइरहेको छ सौगातको ‘झ्यानाकुटी’ ले ? | Khabarhub Khabarhub

युट्युबमा कस्तो प्रतिक्रिया पाइरहेको छ सौगातको ‘झ्यानाकुटी’ ले ?


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्मको नियति कस्तो छ भने फिल्मले हलमा दर्शक तान्न सक्दैनन् । तर, युट्युबमा भने खुबै रुचाइन्छन् ।

लकडाउनको मौका छोपेर यु्ट्युबमा सार्वजनिक गरिएका फिल्महरुले दर्शक पाएका छन् । भलै दर्शकले गाली किन नगरुन् तर फिल्म हेरिरहेका छन् । यसअघि प्रेम दिवस, पञ्जेबाजा, पोइ पर्‍यो काले, अनुराग लगायत फिल्म लकडाउनको मौका पारेर युट्युबमा सार्वजनिक गरियो ।

यतिबेला युट्युबको नम्बर एक स्थानमा नेपाली फिल्म ‘झ्यानाकुटी’ छ । सौगात मल्ल र वेनिषा हमालको शीर्ष भूमिका रहेको यो फिल्म हेरेका दर्शकले ३ हजारभन्दा बढी प्रतिक्रिया छोडेका छन् । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि धेरैले मन परेको प्रतिक्रिया दिएका छन् ।

हलमा दर्शक तान्न नसकेको यो फिल्मलाई युट्युबमा भने तुलनात्मक रुपमा रुचाइएको छ । फिल्ममा सिमोस सुनुवारको निर्देशन देख्न सकिन्छ ।

धेरै प्रयोगकर्ताले शीर्ष भूमिका निभाएका सौगात मल्ल र वेनिषा हमालको अभिनय र फिल्मको कथा मन परेको प्रतिक्रिया दिएका छन् ।

‘मालतीको चरित्रमा देखिएकी वेनिषा हमालको अभिनय जोडदार लाग्यो, कथावस्तु पनि गज्जब लाग्यो । राम्रो चलचित्र बनाउन ठूलै रकम खर्च गर्नु पर्दैन भन्ने उदाहरण पनि हो यो,’ विश्वराज पौडेलले फिल्म मन परेको भन्दै युट्युबमा कमेन्ट गरेका छन् ।

यस्तै स्माइल पाख्रिनले लेखेका छन् – ‘यति राम्रो चलचित्र हेर्दा पनि हलले स्थान पाउँदैन, शायद पैसामा बिकेका हलवालाहरु…।’

एक प्रयोगकर्ताले नेपालमा यस्ता फिल्म बन्नुपर्ने र सौगात र वेनिषाको अभिनय दमदार भएको प्रतिक्रिया दिएकी छिन् । धेरैले वेनिषाले गरेको अभिनयको खुलेर तारिफ गरेका छन् ।

‘सारै राम्रो लाग्यो कथा, हेर्दाहेर्दै आँखाबाट आँसु पनि बगेछ,’ टेकेन क्षेत्रीले कमेन्ट गरेका छन् । त्यस्तै लक्ष्मी रानाभाट नामक प्रयोगकर्ताको कमेन्ट छ, ‘फिल्मको प्रस्तुतीकरण राम्रो छ, अभिनय पनि राम्रो छ ।’

कतिपयले लकडाउनका बेला घरमा बसेर राम्रो फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका छन् ।

यो फिल्म १ मे मा युट्युबमार्फत सार्वजनिक गरिएको थियो । हलमा रिलिज भएको २ वर्षपछि युट्युबमा अपलोड गरिएको फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।

फिल्ममा सौगात मल्ल र वेनिषा हलमा पतिपत्नीको भूमिकामा छन् भने पुष्कर गुरुङ, जीवन भट्टराई, सुमी मोक्तान लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । हरि हुमागाईंले खिचेको फिल्मलाई निशा अधिकारी र सिमोस सुनुवारले निर्माण गरेका हुन् ।

हेर्नुहोस् पूरा फिल्म:

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ४ : ३७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०