मलेसियामा रहेका नेपालीलाई व्यक्तिगत विवरण भर्न दूतावासको आग्रह | Khabarhub Khabarhub

मलेसियामा रहेका नेपालीलाई व्यक्तिगत विवरण भर्न दूतावासको आग्रह


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई अनिवार्य रुपमा आफ्नो विवरण भर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिरहेको बेला त्यहाँ रहेका नेपालीहरुको वास्तविक अवस्था बुझ्न दूतावासले विवरण भर्न आग्रह गरेको हो ।

दूतावासको वेबसाइटमा गएर फारम भर्न सकिने जनाइएको छ । यस्तै मलेसिया सरकारले भिसाको अवधि सकिएकालाई स्वदेश फर्कन १४ दिनको समय दिने भएको छ ।

जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म १४ दिनको स्वदेश फिर्तीको समय दिइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ । मलेसियामा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०६ पुगेको हो ।

मलेसियामा एकैदिन थप ३० जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ३८३ पुगेको छ  ।मलेसियामा संक्रमितमध्ये ४ हजार ५६७ जना उपचारपछि निको भएका छन् ।

कोरोना संक्रमित १ हजार ७१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ८ : २३ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु