कोरोना भाइरसले साउदीमा २०० जनाको मृत्यु, खाडी मुलुकमा ७४ हजार संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरसले साउदीमा २०० जनाको मृत्यु, खाडी मुलुकमा ७४ हजार संक्रमित


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ४१९ जनाको मृत्यु भएको छ भने ७४ हजार ८४४ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै २०० जनाको मृत्यु भएको छ । त्यहाँ ३० हजार २५१ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा १४६ जनाको मृत्यु भएको छ भने १५ हजार १९२ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा ४० जनाको मृत्यु भएको छ भने ५ हजार ८०४ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा १३ जनाकोम मृत्यु भएको छ भने २ हजार ७३५ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा १२ जनाको मृत्यु भएको छ भने १७ हजार १४२ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार ७२० जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६