रोग प्रतिरोधात्मक क्षमता बढाउने अमलाका फाइदा यस्ता छन | Khabarhub Khabarhub

रोग प्रतिरोधात्मक क्षमता बढाउने अमलाका फाइदा यस्ता छन


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमला खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन सी पाइने हुँदा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।

अमलाको प्रयोग धेरै किसिमको औषधिका रुपमा गरिन्छ । आयुर्वेदमा ‘त्रिफला’मध्येमा अमला पनि एक पर्छ ।

अमलामा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । चिकित्सकका अनुसार ३ वटा सुन्तलामाभन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ । अमला खानाले बृद्ध–वृद्धाहरु युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दैनिक खानुपर्छ ।

अमलालाई सुख्खा चूर्णको रुपमा, अचारको रुपमा वा अन्य कुनै प्रकारले पनि प्रयोग गर्न सकिन्छ। यस्ता छन् अमलाका खानुका फाइदा-

मधुमेहका लागि

चिनीरोग बेसारको धुलोसँग अमला खाँदा रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ । जुन चिनी रोगका बिरामीका निम्ति लाभदायक हुन्छ ।

पायल्स

सुकाएर राखेको अमलाको धुलो दूधसँग हरेक बिहान खानु पायल्सका रोगीलाई लाभकारी हो ।

नाकबाट रगत बग्दा

नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाइ टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।

मुटुरोग

मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीन वटा अमला खाने गर्नुपर्छ । दिनहुँ अमला खाएमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।

रुघाखोकी

रुघाखोकी लागेमा दिनमा तीन वटा अमला गाईको दूधसँग खानुपर्छ । अलिक कडै खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाएमा राहत मिल्छ ।

पिसाब पोल्ने

अमलाको रसमा मह मिसाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउँछ ।

पत्थरी

पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निको हुन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ३४ बजे

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ