डडेल्धुरा अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाउन माग | Khabarhub Khabarhub

डडेल्धुरा अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाउन माग


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– संघीय सरकार मातहत रहेको सुदूरपश्चिमको एउटा मात्रै अस्पताल डडेल्धुरा अस्पताललाई कोरोना भाइरसको परीक्षण केन्द्र बनाउन माग गरिएको छ ।

सोमबार डडेल्धुराका ५ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै डडेल्धुरा अस्पताललाई कोरोना भाइरसको परीक्षण केन्द्र बनाउन माग गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र समाजवादी पार्टी डडेल्धुराले जारी गरेको संयुक्त वक्तव्यमा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा चिकित्सकहरु लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका स्वास्थ्य सामग्री नभएको भन्दै संघीय सरकारको ध्यनाकर्षण समेत गराइएको छ ।

५ राजनीतिक दलहरुले डडेल्धुरा अस्पतालमा चिकित्सकहरु लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका स्वास्थ्य सामग्रीको तत्काल व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

‘हालसम्म कोरोनो संक्रमणका घटनाक्रमले सुदूरपश्चिम प्रदेश सबैभन्दा बढी जोखिम रहेको छ भन्ने कुरा पुष्टि भएको छ,’ पाँच राजनीतिक दलद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘सुदूरपश्चिम जोखिममा रहँदै गर्दा सुदूरको मुटुमा रहेको डडेल्धुरा जिल्ला पनि कम जोखिममा छ भन्न सकिँदैन। तसर्थ ७ वटै पहाडी जिल्लाका नागरिकको स्वास्थ सेवासँग सरोकार राख्ने सुदूरपश्चिमको एकमात्र संघीय सरकारको मातहातमा रहेको डडेल्धुरा अस्पताललाई यथाशीघ्र चाँडो कोरोना रोगको परीक्षण केन्द्रका रुपमा व्यवस्थित गरियोस् ।’

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ६ : ४८ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा